बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

रायडाँडामा बस्ती बग्ने गरी पहिरो

रायडाँडामा बस्ती बग्ने गरी पहिरो

पहिरोका कारण जैमिनी–१ कुश्मीशेराका बस्तीसमेत जोखिममा ।


  • ढोरपाटन संवाददाता
  • भाद्र २३ २०७९, बिहिबार

बागलुङ/ कतै सडक खन्दाको समस्याले जमिन खस्छ । पहिरो चलेका धेरै घटना छन् । तर बागलुङको रायडाँडामा भने अनौठो तरिकारले बस्तीनै बग्न थालेको छ । बागलुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो बगेर दर्जनौं घर परिवार बिस्थापित भएका छन् ।

केही दिनदेखि जमिन चिरा परेको र मंगलबारको अबिरल बर्षातपछि जमिन बग्न थालेको हो । जमिन बग्दा सडक, जंगल र ठूला पिपलका रुख समेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरा पालन फार्म लागतय बग्न लागेको हो । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।

‘घर कटेरो भत्केपछि सबै छडेर हिडुनु परेको छ’ स्थानीय ढालनाथ शर्माले भने, ‘छिमेकीका घरपनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन् ।’ केही दिनदेखि जमिन चर्केकोमा बुधवार बिहान बढी पहिरो खसेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए ।

यो बस्तीका बिजुलीको पोल ढलेपछि झण्डै एकसय घरमा बिजुली अभाव भएको उनले बताए । खानेपानीको ट्यांकी समेत बगेपछि स्थानीय चिन्तामा छन् । पहिरोले बिजुलीको पोल समेत ढलेकोले आसपासका अन्य घरमा समेत बिजुली अबरुद्ध भएको गौतमले जानकारी दिए ।

उक्त पहिरोले स्थानीय कुलराज शर्मासहित दर्जनबढी घरपरिवार बिस्थापित भैसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउको खोजीमा रहेको स्थानीय बिष्णु पौडेलले जानकारी दिए । जमिन चिरा परेको स्थान हेर्दा थप सयौं रोपनी जमिन, घर तथा सडक बग्ने अबस्थामा रहेको देखिएको उनले बताए । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको हो ।

‘यो संकेत हेर्दा यहाँको बस्तीनै जोखिम भयो, अब धेरै घरहरु बिस्थापित हुने भए’ पौडेलले भने, ‘कतै रोकथाम गर्ने अबस्था नै छैन ।’ हरेक बारीका पाटामा कुखुराले खोस्रेझै खाल्डा पर्ने र चिरा पर्दै बग्ने गरेको उनले बताए । बगेको पहिरोले जैमिनी नगरपालिका वडा नं १ को ओडार भन्ने स्थानमा पनि जोखिम बढेको छ ।

केही स्थानमा क्षति भैसकेको छ । रामतोला देखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ । केही दिनदेखि परेको बर्षातले पहिरो खस्न थप सहयोग पुगेको इन्जिनियर त्रिलोचन गिरीले जानकारी दिए । ‘तत्काल कुनैपनि उपायाले पहिरो रोक्न सकिने अबस्था छैन’ गिरीले भने, ‘यो अनौठो तरिकारले सिंगो पहाड खस्ने अवस्था भयो ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->