पोखरा/ बागलुङ प्रहरीले लागुऔषध सहित २ युवालाइ पक्राउ गरेको छ । बागलुङ नगरपालिका १ मालढु®ामा चेकजाँच गर्ने क्रममा गोरखा पालुङटार नगरपालिका ६ का १८ वर्षिय कृष्ण नेपालीको साथबाट लागुऔषध बरामद गरेको हो ।
काठमाडौंबाट बागलुङ आउँदै गरेको बा ३ ख ९११२ नं. को माइक्रोबस चेकजाँच गर्दा बसका सह–चालक नेपालीको रातो जेब्रो झोलाभित्र सपिङ ब्यागमा लागुऔषध भेटिएको हो ।
प्रहरीले उनको साथबाट ट्रमाडोल ५७८ क्याप्सुल, निट्राजेपाम ९ क्याप्सुल र गाँजाको २५ ग्राम फेला पारेको हो । प्रहरीले अनुसन्धान गर्दैजाँदा उक्त लागुऔषध पर्खेर बसेका बागलुङ नगरपालिका ९ तित्याङका १९ वर्षका अमृत परियारलाइ नियन्त्रणमा लिएको हो ।
उनीहरु विरुद्ध लागुऔषध सम्बन्धि मुद्धा दर्ता गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जानकारी दिएको छ ।





