बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कालीमाटीमा बन्ने भयो स्वास्थ्य चौकी

कालीमाटीमा बन्ने भयो स्वास्थ्य चौकी


  • ढोरपाटन संवाददाता
  • भाद्र २९ २०७९, बुधबार

बागलुङ/बागलुङ नगरपालिका वडा नंं ७ कालीमाटीमा नयाँ स्वास्थ्य चौकी भवन बन्ने भएको छ । मंगलवार बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम सापकोटा र स्वास्थ्यचौकीलाई जग्गा दान गरेका मेघराज पाण्डेयले स्वास्थ्य चौकी भवनको शिलान्यास गरे ।

भवन शिलान्यासपछि उपप्रमुख खड्काले नियमित अनुगमन गरेर गुणस्तरीय भवन बनाउन सबैले पहल गर्नु पर्ने बताए । उनले वडा अध्यक्ष, सदस्य र स्वास्थ्य चौकीका कर्मचारीलाइपनि गुणस्तरकालागि ध्यान दिन आग्रह गरेका थिए ।

भवन नहुँदा स्थानीयले सामान्य उपचारमा पनि दुःख पाएको देखेर जग्गा दान गरेको स्थानीय मेघराज पाण्डेयले बताए । मुलपानी माबिका पूर्व प्रअ तथा सामाजिक र साहित्य क्षेत्रमा क्रियाशिल पाण्डेयले आफ्नो जग्गा दान गर्दा सयौं जनताको सेवा हुन्छ भन्ने भएपछि जग्गा दिएको बताए । उनले पीडा र घाउले समस्यामा परेका बिरामी आफ्नो जग्गामा आएर निको हुने वातावरण बनेपछि जग्गा खुसीराजीले दिएको बताए । उनले ४ रोपनी जग्गा स्वास्थ्यचौकीकालागि निशुल्क दान गरेका हुन् ।

यो भवन बनेपछि भने गाउँलेले घरछेवैमा स्वास्थ्य सेवा पाउने भएको उनले बताए । उनले सामान्य सेवा मात्र नभइ बर्थिङ सेन्टर र अन्य सेवा थप्नपनि उनले आग्रह गरे । बागलुङ नगरपालिकाले आब्वाह गरेको ठेक्कामा जुम्ली निर्माण सेवा प्रालिले १ करोड ७० लाख ५६ हजार रुपैयाँमा यो स्वास्थ्य चौकी भवन बनाउन लागेको हो । हाल संचालनमा रहेको स्वास्थ्य चौकी अप्ठ्यारो स्थानमा छ । स्वास्थ्य चौकी जाने सडक समेत नभएपछि बिरामीलाइ बोकेर लैजानुपर्ने बाध्यता थियो । भिरालो र सा“घुरो भएकोले स्ट्रेचरमा बोकाएर लैजान समेत समस्या परेको स्थानीयले गुनासो गरे । धेरै पटक स्वास्थ्य संस्थामा बिरामी लान नसक्दा ट्याक्सी खोजेर सदरमुकाम कुदेको वडा अध्यक्ष मेघनथ गैरेले बताए । पुरानो भवनमा उपकरण समेत नहु“दा सेवा बढाउन समेत नसकिएको स्वास्थ्यचौकीका प्रमुख महेन्द्र शर्माले बताए । नयाँ भवन बनेपछि मात्रै सेवा प्रवाहमा सहज हुने, उपकरणहरु मागेर प्रयोगमा ल्याउन सकिने उनले बताए ।

ठेक्का सम्झौता गत बैसाखमै भएपनि निर्माण थालनी भने बल्ल भएको हो । आगामी २०८० को जेठ सम्ममा भवन बनाइसक्नुपर्ने सम्झौता छ । पुरानो भवनमा शौचालय देखि प्रशासनिक र उपचार सेवा दिन समेत अप्ठ्यारो थियो । नया“ बन्ने भवनमा स्वास्थ्यकर्मीको आवास सहित शौचालय, खानेपानी र आकस्मिक सेवा समेतको व्यवस्था हुनेछ । स्वास्थ्य चैकी सम्म पुग्न चालु बर्षकै बजेटमा नगरपालिका र वडा कार्यालयले झण्डै १ सय मीटर सडक ढलान गरिसकेको छ । नया“ भवन बानपा ७ को कालीमाटी स्थित सडक छेवैमा छ ।

संघियता कार्यान्वयन भएपनि यो वडामा आफ्नै वडा कार्यालय समेत थिएन । भाडाको कोठामा काम गर्दा कर्मचारीले पनि असहज महसुस गरेका थिए । दाताको जग्गा पाएपछि वडा कार्यालय पनि निर्माणाधिन छ ।
वडा र स्वास्थ्य चौकी पक्की बनेपछि गाउँलेहरुले सहज उपचार पाउने भन्दै स्थानीय खुसी छन् । गाउँमै सेवा पाएपछि बसाइ सराइको क्रम पनि रोकिने स्थानीय रमेश किसानले बताए । उनले सेवा नभएकै कारण अधिकांसले सदरमुकाम र अन्य सहरी क्षेत्रमा घर बनाएर बसाइ सरेको अनुभव सुनाए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->