बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

तीन बालबालिकालाई छात्रवृत्ति सहयोग

तीन बालबालिकालाई छात्रवृत्ति सहयोग


  • ढोरपाटन संवाददाता
  • असोज ५ २०७९, बुधबार

बागलुङ/ स्वास्थ्य तथा बिपन्न बिद्यार्थी अक्षयकोषले बागलुङका तीन जना बिपन्न बालबालिकालाई छात्रवृत्ति प्रदान गरेको छ । रुद्रेपिपल माबिमा पढ्ने बालबालिकालाई सामाग्री दिइएको हो ।

पत्रकार बिजय रानाको अगुवाइमा बैदेशिक रोजगारीमा रहेका जुना राना र टिका रानाले संकलन गरेको रकमबाट ती बालबालिकालाई छात्रवृत्ति दिइएको हो । तीन जना बालबालिकालाई वर्षभरी चाहिने शैक्षिक सामाग्री, बिद्यालय पोशाक, झोला लगायतको सामाग्री सहयोग गरेको पत्रकार बिजय रानाले जानकारी दिए ।

तीन वर्षअघि भुजीखोलाको पहिरोमा परेर घरपरिवार गुमाएका बालबालिकालाई राहत तथा शैक्षिक सामाग्री दिन संकलन गरिएको राहत अभियानमा बचेको ३ लाख रुपैयाँबाट आएको व्याजले बालबालिकालाई सामाग्री दिइएको हो ।

वर्षभरीमा झण्डै २५ हजार व्याज रकम प्राप्त हुने र त्यसबाट उक्त राहत दिइएको बताइएको छ । बुर्तिवाङ घर भई बागलुङ बजारमा ज्याला मजदुरी गरेर बसेका मनिता बस्नेतका छोरा श्रीधर बस्नेत र दिलकुमारी बिकका छोरा पुरन बिक तथा छोरी शोभा बिकलाई नेपाल पत्रकार महासंघका कावा अध्यक्ष नविन शिशिर बिकले सामाग्री हस्तान्तरण गरे ।

उक्त अवसरमा बिकले जेहेन्दार र बिपन्न छात्रछात्रालाई दिइएको सहयोगले उनीहरुको भविष्य उज्वल बनाउन सहयोग मिल्ने बताए । पत्रकार छलिता बुढाको अध्यक्षता र रानाको संचालनमा सामाग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->