बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

क्षेत्रीय चक्रपथमा सवारी ठप्प

क्षेत्रीय चक्रपथमा सवारी ठप्प


  • ढोरपाटन संवाददाता
  • असोज ६ २०७९, बिहिबार

गण्डकी प्रदेश सरकारको बजेटमा काष्ठमण्डप निर्माण कम्पनीले १४ किमी कालोपत्रे गर्न यो सडकका लागि २७ करोड ५० लाखको ठेक्का लिएको छ । कम्पनीका प्रतिनिधि पवन चपाइले जोखिम स्थानमा दशै तिहारपछि पर्खाल लगाउने बताए ।

बागलुङ/बागलुङको कुँडुलेदेखि पञ्चकोटहुँदै कालीमाटी–भिमापोखरासम्म जोड्ने क्षेत्रीय चक्रपथको विभिन्न स्थानमा पहिरोले सडक अबरुद्ध भएको छ । पहिरोले सडक यातायात संचालन नहुँदा बागलुङ नगरपालिका–७ काठेखोला गाउँपालिका–१ र २ का बासिन्दाले सास्ती खेपेका छन् ।

सडक अभावमा काम बिशेषले हिँडेका यात्रीले अक्षेते झरेर यात्रा गर्नुपरेको गुनासो गरे । मध्यपहाडी लोकमार्गको अक्षेते खण्ड पनि अत्याधिक जोखिम भएपछि स्थानीयले यात्रामा सास्ती खेपेको गुनासो गरे । बानपा–७ को खहरे खोलामा सबैभन्दा बढी जोखिम छ । पहिरो पन्छाउन डोजर नै चाहिने भएपछि काठेखोलाले नगरपालिकासँग समन्वय गरिरहेको छ ।

सडक नखुलेपछि काठेखोला गाउँपालिका–१ का अध्यक्ष खड्ग थापाले जनताले दुःख पाएकोले सडक सहज बनाउन जुटेको बताए । बागलुङ नगरपालिकातर्फ बढी पहिरो खसेकोले नगरको डोजर मगाएर काम गर्नुपरेको गुनासो गरे । ‘एकातर्फ हामीले काम गरिरहेका छौं, अर्कोतर्फ नगरले साथ दिए सडक खुलेर आउजाउमा सहज हुन्थ्यो’ थापाले भने, ‘चाडपर्वको बेला छ, सडक नखुले त जनताले हैरानी खेप्छन् ।’

लोकमार्गको अक्षेते खण्ड हिलाम्मे छ । मोटर साइकलमा यात्रा गर्न जोखिम भएपछि यात्रीले कालीमाटी तर्फको सडकबाट यात्रा गरेका थिए । तर उक्त खण्ड पनि अबरुद्ध भएपछि स्थानीयले सास्ती खेपेको स्थानीय रनबहादुर थापाले जानकारी दिए । सदरमुकाम जान सवारी नपाएपछि पैदलै जानुपरेको भन्दै उनले निर्माणाधिन सडकमा पनि पहिरो पन्छाउने काम नभएको गुनासो गरे ।

सदरमुकामको तिरुपती चोकदेखि कालीमाटी–तितौरेहुँदै काठेखोला जोड्ने क्षेत्रीय चक्रपथले बागलुङ नगरपालिका–७ को गौरीशंकर प्राबिमा पनि जोखिम बनाएको छ । यहाँको शिव मन्दिर अगाडि त जमिन नै भाँसिएको छ । पहिरोको जोखिमले सडकमा सवारी साधन र मानिस हिँड्न पनि डराएका छन् ।

सडक बनाउने क्रममा सिम क्षेत्र र पहिरो जाने अवस्थाको राम्रो जाँचबुझ नभएकोले यो सास्ती खेप्नु परेको बागलुङ नगरपालिका–७ का अध्यक्ष मेघनाथ गैरेले बताए । भित्रभित्रै मुल पलाउने स्थानमा सडकले नाली नबनाएपछि पहिरो आएको हो । कतिपय स्थानमा भने जोखिमको आंकलन नगरिएको समेत गैरेले बताए ।

गण्डकी प्रदेश सरकारको बजेटमा काष्ठमण्डप निर्माण कम्पनीले १४ किमी कालोपत्रे गर्न यो सडकका लागि २७ करोड ५० लाखको ठेक्का लिएको छ । कम्पनीका प्रतिनिधि पवन चपाइले भत्केर जोखिम भएको स्थानमा दशै तिहारपछि पर्खाल लगाउने बताए ।

खहरेको सडक भने ग्रामीण सडक हो । नगरपालिकाले स्थानीय चक्रपथको रुपमा विकास गरेको सडक भएकोले खुलाउन नगरको डोजर पठाउने उपप्रमुख राजु खड्काले बताए । बर्षातले पहिरो खसेको स्थानमा सवारी जान नसकेपछि यात्रीले दुःख पाएका हुन् । नगरपालिकाले तत्काल सवारी साधन चल्ने बनाउन नगरको डोजर पठाउन समन्वय गरेको खड्काले बताए । ‘काठेखोलाका वडा अध्यक्षले पनि सम्पर्क गर्नुभएको थियो हामीले डोजर पठाएका छौं’ खड्काले भने ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->