पोखरा – गलकोट समाज पोखराको आयोजनामा आशन्न वडा दशै, दिपावली, छठ तथा नेपाल सम्वतको सन्दर्भमा शुभकामना आदानप्रदान कार्यक्रम आईतवार पोखरामा समपन्न भएको छ ।
समाजको निर्माणाधीन भवनको प्रांगण (पोखरा१४ चाउथे) मा भएको सो कार्यक्रमको प्रमुख अतिथीको मन्तव्य राख्दै पोखरा महानगरपालीको १४ नं. वडाध्यक्ष बोधबहादुर कार्कीले गलकोटे पोखरेलीहरुले आफ्नै उदाहरणिय समाज बनाएर समाजसेवाका निम्ती एकता र सहयोगका निम्ति हातेमाले गरेको कुरा प्रसंशनीय भएको वताए ।
उनले समाजको निर्माण भईरहेको भवनका निम्ति वडा सरकारको तर्फबाट सहयोग गर्ने तथा महानगरमा थप सहयोगहरुका निम्ति निरन्तर प्रयास गर्ने बचनबद्धता दिए ।

पोखरेली गलकोटेहरुको बाक्लो उपस्थितीरहेको सो कार्यक्रममा गलकोट समाजका संस्थापक तथा गलकोट समाज अन्तर्राष्ट्रियका संयोजक वेलुकाजी थापा, गण्डकी हस्पिटलका वरिष्ठ ग्यास्ट्रोएन्टेरोलॉजिस्ट डा.जीवन थापा, गरिमा बैंक हेमजा शाखा म्यानेजर अमृत श्रेष्ठ, निवर्तमान अध्यक्ष मीनबहादुर खत्री, सल्लाहकारहरु नीलप्रसाद श्रेष्ठ, हिराबहादुर खत्री, बमबहादुर छन्त्याल, रुपबहादुर थापाले शुभकामना मन्तव्य राखेका थिए ।
गलकोट समाजका अध्यक्ष खड्कबहादुर थापाको सभापतित्वमा भएको सो कार्यक्रममा स्वागत उपाध्यक्ष कृष्ण बहादुर खत्रीले, स्वागत मनतव्य सचिव गणेशबहादुर खत्रीले तथा संचालन समाजका महासचिव सचिव तुलचन्द्रखिम थापाले गरेका थिए ।
२७ बर्ष पहिले स्थापना भएको गलकोट समाजका संसारभर दर्जन र नेपालका विभिन्न शहरमा ९ बटा शाखा मध्येको पोखरा शाखा ७बर्ष पहिले स्थापना भएको हो ।





