बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

बिनोद चौधरीलाई उम्मेदवार नबनाउन सभापति देउवालाई ध्यानाकर्षण

बिनोद चौधरीलाई उम्मेदवार नबनाउन सभापति देउवालाई ध्यानाकर्षण


  • ढोरपाटन संवाददाता
  • असोज १५ २०७९, शनिबार

नवलपुर / प्रतिनिधी सभामा नेपाली कांग्रेसको तर्फबाट नवलपुरबाट उम्मेदवारी दिने भनेर चर्चामा रहेका नेपालका चर्चित उद्योगपति बिनोद चौधरीका बिरुद्ध जिल्ला तहका नेताहरुले लबिंग शुरु गरेका छन ।

जिल्ला तहका २ दर्जन भन्दा बढि नेताहरुले काठमाण्डौ स्थित बुढानिलकण्ठ निवासमा कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर मतदातासंग कहिल्यै प्रत्यक्ष सम्पर्कमा नरहेका बिनोद चौधरीलाई उम्मेदवार बनाए आफुहरुले असहयोग गर्ने चेतावनी दिएका छन ।

चौधरीलाई उम्मेदवार बनाउन नहुने भन्दै देउवा निवासमा जिल्लाका दुई दर्जन भन्दाबढि नेताले भेटघाट गरेका हुन ।

नवलपुर क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा उम्मेदवार रहने भन्दै केहि सिमित कांग्रेसजनहरुसंग नियमित भेटघाटमा रहेका चौधरी स्थानिय नभएका र मतदाताले चिन्दै नचिन्ने भएकाले उनलाई उम्मेदवार बनाउन हुदैन भनेर सभापति देउवाको ध्यानाकर्षण गराएका छौ कांग्रेस महासमिति सदस्य ओमबहादुर थापाले भने, मतदाताले चिन्दै नचिनेका ब्यक्तिलाई उम्मेदवार बनाउने हो भने हामीले के भनेर भोट माग्ने ?

हिजो ( शुक्रवार ) पनि सभापति देउवासंगको भेटमा स्थानिय बासिन्दालाई नै उम्मेदवार बनाउन पर्ने भनेर आफुले आग्रह गरेको थापाले सुनाए । थापा कांग्रेस निकट जनजाती महासंघका केन्द्रीय अध्यक्ष समेत हुन ।

चौधरीलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउन नहुने भन्दै क्षेत्र नम्बर २ अन्तरगत पर्ने ४ वटै पालिकाका कांग्रेस सभापति र स्थानिय नेताहरुले देउवालाई निवासमा भेटेका थिए । बौदीकाली गाउपालिकाका कांग्रेस सभापति केबि राना, हुप्सेकोटका सभापति बलबहादुर राना, मध्यबिन्दु नगरपालिकाका कांग्रेस सभापति दोमन भण्डारी, बिनयी त्रिवेणी गाउपालिकाका सभापति अजित थापा सहित कांग्र्रेसका जिल्ला नेताहरुको प्रनितिधि मण्डलले देउवालाई भेटेर चौधरीलाई प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचनमा लडनेगरि उम्मेदवार बनाउनै नहुने अडान राखेका हुन । स्थानिय जनताले चौधरीलाई नचिन्ने उनीहरुको दावी छ ।

चौधरी प्रतिनिधिसभामा कांग्रेसको सांसद भएको गत ५ वर्षको अबधिमा कांग्रेसका जिल्ला सभापति र प्रदेशसभा सदस्यले समेत भेटन नपाएको गुनासो जिल्लामा ब्यप्त छ । कांग्रेसका सांसदले नै भेटन समेत नपाउने त्यस्ता अन्तराष्ट्रिय स्तरका नेतालाई यहा उम्मेदवार बनाउन नहुने भन्दै कांग्रेसजनमा ब्यापक असन्तुष्टि बढेको कांग्रेसका एक जिल्ला तहका नेताले सुनाए । स्थानियलाई प्राथामिकता दिन पर्छ ति नेताले भने ।

कांग्रेसजनको कुरा सुनेपछि सभापति देउवाले स्थानियलाई नै प्राथामिकता दिउला भनेर आश्वासन दिएको नेता थापाले सुनाए । कार्यकर्ताको कुरा सुनेपछि देउवाले चौधरीलाई कहावाट उम्मेदवार बनाउने त भनेर कार्यकर्तासंग प्रश्न गरेको हुप्सेकोट गाउपालिकाका कांग्रेस सभापति बलबहादुर थापाले जानकारी दिए ।

२०७४ सालमा कांग्रेसवाट समानुपातिक सांसद रहेका चौधरी कुनैदिनपनि जिल्ला पार्टीको सम्पर्कमै नरहेको आरोप लाग्दै आएको छ । पार्टीको सम्पर्कमा पनि आएनन पार्टीलाई कहिल्यै कुनै सहयोग पनि गरेनन थापाले भने त्यस्ताले टिकट ल्यँएभने आफै भोट माग्छन हामी उनका पक्षमा मत माग्न जनताकोमा जानै सकिन्न के भनेर जाने थापाले प्रश्न गरे नेता रिझाएर मतदाताले चिन्दैनन ।

केन्द्रमा नेताहरुलाई रिझाएकै भरमा टिकट दिने हो भने स्थानिय मतदातामा उत्साह नै आउदैन नेपाली कांग्रेस हुप्सेकोटका सभापति बलबहादुर थापा भन्छन, स्थानिय मतदातासंग घुलमिल गर्दै रहेका र खोज्दा भेटिने नेतालाई नै उम्मेदवार बनाउन पर्छ । मतदाताको यहि माग छ । त्यस कारण यो निर्वाचनमा सबैले रुचाएका र जनताका सहयोगी उम्मेदवार बिष्णुकुमार कार्कीको बिकल्प छैन । कार्कीलाई नै टिकट दिन पर्ने थापाले सुनाए ।

बालुवाटार स्थित देउवा निवासमा भएको भेटघाटका क्रममा क्षेत्र नम्बर २ वाट बिष्णुकुमार कार्कीलाई नै उम्मेदवार बनाउन भनेर आग्रह गरेका छौ थापाले भने । कार्की २०७४ सालमा पनि कांग्रेसवाट उम्मेदवार थिए । उनी एमालेका तिलक महतसंग पराजित भएका हुन । कार्की देउवा निकट हुन । नवलपुरको राजनितिमा राम्र्रो पकड भएका कार्कीनै बलियो उम्मेदवार रहेको कांग्रेसका नेता कार्यकर्ताको भनाई छ ।

आउदो निर्वाचनमा पूर्वी र पश्चिम नवलपरासीवाट उम्मेदवार हुन रुचि देखाएर केन्द्रवाटै नाम सिफारिस गराउन सफल चौधरीलाई समानुपातिकमै बस्न वा राष्ट्रिय सभामा जान कार्यकर्ताले सुझाब दिएका छन । कांग्रेसका जिल्ला नेताहरुले समेत भेटन नपाउने नेता भनेर यहा चौधरीको आलोचना हुने गरेको छ । कांग्रेसवाट सांसद हुनुअघि चौधरी एमालेवाट सांसद थिए ।

२०७४ सालमा कांग्रेसको समानुपातिक सांसद बन्न सफल चौधरी जिल्ला कांग्रेसको आमन्त्रीत सदस्य समेत हुन । गत ५ वर्षको अबधिमा उनले कांग्रेस जिल्ला कार्यसमितिको एउटा पनि बैठकमा उपस्थिती जनाएका छैनन ।

चौधरीले २०७४ सालअघि नै देबचुली नगरपालिका वडा नम्बर २ मा आफनो मतदाता नामावली सारेका हुन । दुम्कौली र दुम्कीवासमा कारखाना रहेका कारण चौधरीले यहावाट प्रतिनिधि सभामा उम्मेदवार बन्न खोजेको लख काटिएको छ । जिल्लामा मतदातासंग राम्रो सम्पर्क नभएका केही जिल्ला नेताले चौधरीलाई नै उम्मेदवार बनाउन पर्ने अडान लिएका छन । मतदाता र जिल्ला नेतृत्ववाट चौधरीको बिरोध भएको छ ।

नवलपुर क्षेत्र नम्बर २ वाट प्रतिनिधि सभामा उम्मेदवार हुन बिष्णुकुमार कार्की, राजनैतिक बिश्लेषक शंकर तिवारी र उद्योगपति बिनोद चौधरीको नाम सिफारिस भएको पार्टीले जनाएको छ । मतदाता र कांग्रेस कार्याकर्ताबाटै बिरोध भएपछि चौधरी पश्चिम नवलपरासीवाट उम्मेदवार हुन रुचि देखाएको एकथरीको बिश्लेषण छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->