बागलुङ/ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा शनिबार काठेखोला गाउँपालिका–७ रेशमा जेष्ठ नागरिक सम्मान तथा स्वास्थ्य परीक्षण गरिएको छ । यस वर्ष ‘जेष्ठ नागरिक उत्थानशिलताः बद्लिँदो विश्वको लागि अपरिहार्यता’ मूल नारासहित ३२ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस मनाइएको हो ।
दिवसका अबसरमा धौलागिरी आयुर्वेद औषधालय बागलुङले रेशमा जेष्ठ नागरिकहरुलाई सम्मान गर्दै ‘जेष्ठ नागरिक आरोग्य सेवा कार्यक्रम’ सञ्चालन गरेको हो । कार्यक्रममा ८१ जना सहभागी जेष्ठ नागरिकलाई कार्यालय प्रमुख डा. सरोज कुमार राय र डा. प्रदीप अधिकारीले बृद्धावस्थामा देखिने स्वास्थ्य समस्या, अस्वस्थकर जीवनशैलीजन्य रोगहरु, स्वस्थ जीवनशैली र आहारविहार एवं योगाभ्यासको प्रशिक्षण गराएका थिए ।
स्वास्थ्य परिक्षण, उच्च रक्तचाप र मधुमेहको परीक्षण गरि निशुल्क रसायन तथा रोगानुसारको औषधिहरु वितरण गरिएको रायले बताए ।
कार्यक्रम औषधालयका व्यवस्थापन समितिको अध्यक्ष राजिव घिमिरेको अध्यक्षता, वडा अध्यक्ष प्रेमबहादुर जिसीको प्रमुख आतिथ्यता, कार्यालय प्रमुख डा. सरोज कुमार राय, डा. प्रदीप अधिकारी, वैद्य निरीक्षक एकराज ढुंगाना, वडा सदस्यहरु, समाजसेवी, जेष्ठ नागरिकहरुको आतिथ्यता र लेखा अधिकृत मनिषा शर्माको संचालनमा सम्पन्न भएको थियो ।





