शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

भगवती मन्दिरमा राँगो मार हान्न सचिनले गरे ३ लाख बोलकबोल

भगवती मन्दिरमा राँगो मार हान्न सचिनले गरे ३ लाख बोलकबोल


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७९, मंगलबार

म्याग्दी / नवदुर्गा भगवती मन्दिर शक्तिपीठमा पशुबलि दिने हिन्दु धार्मिक परम्पराअनुसार म्याग्दीको रघुगंगा गाउँपालिका-२ स्थित भगवती कोट मन्दिरमा बलि चढाइने सरकारी राँगो मार हान्न (काट्न) ३ लाख १५ हजार रुपैयाँ बोलकबोल भएको छ ।

रघुगंगा गाउँपालिका-२ भर्लाको डाँडामा अवस्थित राखु भगवती कोट मन्दिरमा नवदुर्गालाई बलि चढाइने राँगो मार हान्न रघुगंगा गाउँपालिका-२ बखनेका सचीन केसीले तीन लाख १५ हजार बोलकबोल गरेका हुन् ।

केसीले बोलकबोल गरेको रकम पूजा सञ्चालन समितिलाई उपलब्ध गराइसरेका छन् । १२ जना प्रतिस्पर्धी सहभागी बोलकबोलमा केसीलाई सोही वडाका चन्द्रबहादुर केसीले ३ लाख १३ हजार ५ सय र पखटोलका झलक खत्रीले ३ लाख १३ हजार बोलकबोल गरी पछ्याएका थिए ।

सरकारी राँगोबाहेक छुट्टै मैदानमा बलि दिइने अर्को राँगो स्थानीय प्रदीप परियारले ३३ हजार बोलकबोल गरी मार हान्ने भएका छन् । परियारलाई स्थानीय गमन भण्डारीले ३२ हजार ५ सय रुपैयाँ बोलेर पछ्याएका थिए ।

‘यो यस क्षेत्रकै ऐतिहासिक कोट मन्दिर हो । यहाँको सरकारी राँगो काटेपछि मनले आँटेको पुग्छ भन्ने जनविश्वास भएकाले दुर्गा भगवतीलाई बलि चढाइने राँगो मार हान्न ठूलो हानथाप नै हुन्छ,’ पूजा व्यवस्थापन समितिका सचिव कृष्ण शाहीले भने, ‘बाइसेरचौबिसे राज्यकालदेखि नै यहाँको कोट मन्दिरमा बढिबढाउ गरी राँगो मार हान्ने (काट्ने) चलन छ ।’

कोटमन्दिरमा कालरात्रिको दिन नीमको पाठो बलि चढाउनुपूर्व खुल्ला रुपमा ‘सरकारी राँगो मार हान्न’ बढिबढाउ गरिन्छ । राखुभगवती कोट मन्दिरमा निर्धारित १ घण्टाको समयावधिमा बढीबढाउ क्रम चल्छ । मार हान्न इच्छुकले समितिमा नाम लेखाउनुपर्छ । सोहीअनुसार सूचीकृत भएका व्यक्तिहरूले पालैपालो रकम बोलकबोल गर्ने र जसले धेरै रकम बोल्छ उसैलाई राँगो काट्न दिने गरिन्छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->