बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले समानुपातिकको पहिलो नं. सूचीमा

प्रभु ग्रुपका अध्यक्ष भट्टचन एमाले समानुपातिकको पहिलो नं. सूचीमा


  • ढोरपाटन संवाददाता
  • असोज २१ २०७९, शुक्रबार

बागलुङ / प्रभु ग्रुपका अध्यक्ष देवीप्रकाश भट्टचन नेकपा एमालेको सामानुपातिक सांसदको सूचीमा जनजाती समूहबाट पहिलो नम्बरमा सिफारिस भएका छन् । एमालेले शुक्रबार टुंग्याएको समानुपातिक सांसदको सूचीमा भट्टचन जनजाति पुरुषमा पहिलो नम्बरमा राखिएका छन् ।

केही वर्षदेखि नेपाली कांग्रेसमा सक्रिय रहेका भट्टचन गत महाधिवेशन अगाडि संगठन विभाग उपप्रमुख मनोनयन भएका थिए । शेरबहादुर देउवालाई सभापतिमा पुनः निर्वाचित गराउन सक्रिय भूमिका खेल्नेमध्ये उनी पनि एक थिए ।

भट्टचन बागलुङबाट प्रत्यक्ष चुनाव लड्न चाहन्थे । तर, गठवन्धनका कारण बागलुङका दुबै निर्वाचन क्षेत्रमा नेपाली काँग्रेसले संघीय चुनाव लड्न नपाउने अवस्था आएपछि उनी सामानुपातिक प्रणालीबाट सांसद बन्ने इच्छा देखाएका थिए ।

तर, काँग्रेसको आन्तरिक शक्ति सन्तुलन मिलाउँदा उनी जनजाति सूचीको दुई नम्बरभित्र पर्न सकेनन् । ‘मैले दुई नम्बरमा राखिदिनुस् भनेको थिएँ, तर उहाँहरुले तीन चार नम्बरमा राख्ने भनेपछि मैले अस्वीकार गरेर काँग्रेसबाट बिदा मागेको हुँ’, भट्टचनले भने ।

तर उनले एमाले रोजे । ‘एमालेले समानुपातिक वा प्रत्यक्ष जे चुनाव लडेपनि अवसर दिन्छौं भनेपछि एमालेको सूचीमा बस्न तयार भएँ’ भट्टचनले ढोरपाटनसंग भने, जिल्लावासीको चाहना अनुसार ‘म प्रत्यक्षमा लड्न पनि सक्छु ।’

भट्टचनले ढोरपाटनसंग भने, ‘यो जिल्लावासीको मप्रतिको माया पनि हो । यसलाई ह्दयमा राखेको छु ।’ अहिले पनि उहाँहरुले बागलुङबाट प्रत्यक्ष चुनाव लड्नुस् भनिरहनुभएको छ ।’ उनलाई जिल्लावासीको निमन्त्रणा प्रत्यक्षमा चुनाव लड्नलाई छ । अव बागलुङ-२ मा पनि नयाँ ब्यक्तिले टिकट पाउने एमाले वृतमा चर्चामा छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->