बागलुङ / नेपाली काँग्रेसबाट प्रत्यक्षतर्फ बागलुङ निर्वाचन क्षेत्र नं. २ को ‘क’ मा जिल्ला सभापति जीत शेरचनले पार्टीको टिकट प्राप्त गरेका छन् । त्यसैगरी ‘ख’ मा महाधिवेशन प्रतिनिधी दोर्ण वहादुर कुवँरले टिकट पाएको सभापति शेरचनले वताए ।
वालुवाटारमा भएको वैठकबाट आफुहरुलाई पार्टीले टिकट दिएको र वारेस मार्फत उम्मेदवार दर्ता गर्ने सभापति शेरचनले ढोरपाटनलाई वताए ।
शेरचन ‘ख’ क्षेत्रको मतदाता भएपनि पार्टीले’क’ मा टिकट दिएको हो । यस अगाडि ‘क’ मा ध्रुव गौतम र ‘ख’ मा टेकराज पौडेलले टिकट पाएको सार्वजानिक भएको थियो । गौतम र पौडेलले आफुहरुले टिकट पाएको सञ्चार माध्यमलाई वताएका थिए ।
‘क’ निर्वाचन क्षेत्रमा गलकोट नगरपालिका, ताराखोला र बडीगाड गाउँपालिका पर्छन भने ‘ख’ मा ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिका पर्दछन । शेरचन ढोरपाटन नगरपालिकाका वासिन्दा हुन् ।
बागलुङ निर्वाचन क्षेत्र नं. १ को ‘क’ मा दिपेन्द्र थापा र ‘ख’ मा डिल्लीराम सुवेदीले नै टिकट पाएका छन् ।





