बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

कांग्रेस नेता किरण पौडेलले दिए राजीनामा

कांग्रेस नेता किरण पौडेलले दिए राजीनामा


  • ढोरपाटन संवाददाता
  • असोज २३ २०७९, आइतबार

बागलुङ/ नेपाली काँग्रेस बागलुङका नेता तथा निबर्तमान आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले राजीनामा दिएका छन् । कांग्रेस पार्टी संगठनको हितका लागी जीवन समर्पण गरेकाहरुको तेजोबध गरिएको महसूस भएको भन्दै पौडेलले राजीनामा दिएका हुन् ।

संसदीय राजनीतिको अभ्यास गर्ने स्थान खोजी गर्दै पौडेलले प्रदेश सभा सदस्यमा पार्टीको टिकट माग गरेका थिए । अन्तिम अबस्थामा बाहिरिन पुगेकोे तेश्रो पटक भएको भन्दै पौडेलले कांग्रेसमा नरहने घोषणा गरेका हुन् ।

पौडेलले कांग्रेस पार्टी कार्यालयका मुख्य सचिव मार्फत सभापति शेरबहादुर देउवालाई राजीनामा पत्र लेखेका छन् । उनले पार्टी निश्चित व्यक्तिको गोटी बनेको आरोप समेत लगाएका छन् ।

यस्तो छ पौडेलको राजीनामा पत्र….

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->