बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

स्पेनमा ‘नेपाल पर्यटन प्रबद्र्धन तथा शुभकामना आदान प्रदान कार्यक्रम’ हुने

स्पेनमा ‘नेपाल पर्यटन प्रबद्र्धन तथा शुभकामना आदान प्रदान कार्यक्रम’ हुने


  • ढोरपाटन संवाददाता
  • असोज २५ २०७९, मंगलबार

पोखरा/ नेपाली कला संस्कृति तथा पर्यटन प्रबद्र्धन गर्नकालागि स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्ध गिर्जाघर साग्रदा फामिलियामा शुभकामना आदान प्रदान कार्यक्रम गरिने भएको छ ।

आगामी असोज ३० अर्थात १६ अक्टोबरमा बार्सिलोना नगरपालिका सांस्कृतिक विभागको सहकार्यमा नेपाली जनप्रगतिशिल मञ्च र गैर आवासिय नेपाली संघ स्पेनको आयोजनामा

‘नेपाल पर्यटन प्रबद्र्धन तथा शुभकामना आदान प्रदान कार्यक्रम–२०२२’ आयोजना गर्न लागेको नेपाली जनप्रगतिशील मञ्च स्पेनका अध्यक्ष विशाल ढुंगानाले बताए ।

कार्यक्रममा नेपाली पन्चेबाजा पोर्चुगलबाट आउने नेपाली कलाकारहरूको साथमा नेपाली कला संस्कृति, जात जाति भेषभुषा झल्कने प्रस्तुतिहरू, नेपाल चिनाउने सामाग्रीहरू सहित चार वटा स्टल रहने संयोजक समेत रहेका ढुंगानाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->