बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

आइटिएफ तेक्वान्दोको खेल आजदेखि

आइटिएफ तेक्वान्दोको खेल आजदेखि


  • ढोरपाटन संवाददाता
  • असोज २९ २०७९, शनिबार

बागलुङ/नवौं राष्ट्रिय खेलकुँद प्रतियोगिताअन्र्तगत आइटिएफ तेक्वान्दो प्रतियोगिता शनिबारदेखि बागलुङमा शुरु हुने भएको छ ।

खेलका लागि ७ प्रदेश र ३ बिभागीय टिम गरी १० समूहका २ सय ५० खेलाडी र रेफ्री तथा अफिसियलसमेत गरी ३ सय जना बागलुङ आइसकेका छन् । शुक्रबार रेफ्रीहरुका लागि अभिमूखिकरण समेत सम्पन्न भएको छ । आइटिएफकी केन्द्रीय महासचिव अञ्जु रावतले बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठको उपस्थितिमा अभिमूखिकरण गराएकी हुन् ।

प्रतियोगिता व्यवस्थापनको जिम्मा बागलुङ नगरपालिकाले लिएको छ । नगरपालिकाले खेल उद्घाटनलाई भब्य बनाउन काम गरेको छ । खेल उद्घाटन अघि पञ्चेबाजा, भजन, नेपाली सेनाको व्याण्ड बाजा, लाखे, धिमे, जोगी नाँच, सोरठी र घाँटु समेतका नृत्य र संस्कृति प्रर्दशन गरिने भएको श्रेष्ठले जानकारी दिए । खेलकालागि बाङगेचउरस्थित कवर्ड हलमा व्यवस्था गरिएको छ भने बाहिरी स्थानमा पनि तुल र व्यानर समेत टाँगेर आर्कषक बनाइएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->