पोखरा /कास्की क्षेत्र नं. १ (ख) प्रदेशसभा सदस्य उम्मेदवार वेदबहादुर गुरूङ (श्याम) ले सुकुम्बासी समस्या समाधान पहिलो प्राथमिकतामा रहेको बताएका छन् ।
एमालेको तर्फबाट प्रदेश सभा सदस्य उम्मेदवार बनेका उनले आफ्नो पोखरा महानगरपालिका १४ मा अन्तराष्ट्रिय विमानस्थल संचालनको तयारी भइरहँदा समेत त्यहाँ रहेका सुकुम्बासी समस्या समाधान अहिलेसम्म हुन नसकेको बताए ।
‘यहि वडामा अन्तराष्ट्रिय विमानस्थल छिट्टै नै सुचारु हुदैँछ तर सुकुम्बासीहरुका समस्या जहाँका त्यहि हुनाले हामीलाई आत्मग्लानी भएको छ ।
त्यसैले निर्वाचित भएपछि हाम्रो पहिलो प्राथमिकता सुकुम्बासीहरुको समस्या समाधानमा हुनेछ, त्यसका लागि एमालेलाई जिताउनुहुन्छ भन्ने विश्वास छ ।’
मंसिर ४ गते हुने निर्वाचन केन्द्रित मतदाता भेटघाट कार्यक्रममा उनले विदेशी पाहुना भित्र्याउने तयारीमा रहेका हामी आफ्ना देशका नागरिकहरु वैदेशिक रोजगारमा गईरहदा हाम्रो नेपाली पहिचान पनि खस्किएको भन्दै आफ्ना प्रदेशका नागरिकलाई स्वरोजगार सिर्जना गर्ने वातावरण तयार पार्ने उल्लेख गरे ।
प्रदेशतर्फ समानुपातिक उम्मेदवार नन्दाकला नेपालीले विश्व समुदायमै आर्थिक स्थिर खस्केको अवस्थामा आफ्ना प्रदेशका युवाहरु प्रदेशभित्रै अर्थाेपार्जनमा लगाउने आफुहरुको प्राथमिकता रहेको सुनाइन् ।





