पोखरा / पूर्व स्वास्थ्यमन्त्री तथा कास्की क्षेत्र नम्वर १ प्रदेश सभा ‘क’ प्रदेश सभा उम्मेदवार खगराज अधिकारीले गण्डकी प्रदेशमा एमालेको सरकार बन्ने दाबी गरेका छन् ।
पोखरा ३० मा मतदाता भेटघाट कार्यक्रममा बोल्दै नेता अधिकारीले प्रत्यक्षमा २२ सिट र समानुपातिकमा १० सिट जितेर बहुमतको सरकार बनाउने दाबी गरेका हुन् ।
प्रतिनिधिसभाबाट प्रदेश सभामा पार्टीको निर्णय र फैसला अनुसार आएको बताउँदै प्रदेशमा नयाँ अनुहार भएको बताए । ‘प्रतिनिधिसभामा होइन प्रदेशसभामा म उम्मेदवार बनेको छु, र म प्रदेशका लागि नयाँ अनुहार हुँ’,उनले भने ।
जनतासँग अझै नजिक रहेर काम गर्ने अवसर मिलेको भन्दै अपुरा विकासका काममा जनताकै सल्लाह र समन्वयमा अगाडी बढ्ने उनले बताए ।





