शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

विकास निमार्णको काममा ढिला सुस्ति गर्दिन ः मिना

विकास निमार्णको काममा ढिला सुस्ति गर्दिन ः मिना


  • ढोरपाटन संवाददात
  • कार्तिक ७ २०७९, सोमबार

पोखरा/ गण्डकी प्रदेशसभा सदस्य उम्मेदवार मिना गुरूङले आफ्नो निर्वाचन क्षेत्रमा कुनैपनि विकास निमार्णका काममा ढिलासुस्ति नगर्ने बताएकी छिन् ।

कास्की क्षेत्र नं २ (ख) मा नेकपा एमालेको तर्फबाट प्रदेशसभा सदस्य उम्मेदवार बनेकी गुरुङले क्षेत्र २ ( ख) को निर्वाचन क्षेत्रबारे आफूलाई सबै ज्ञान भएकाले कुनैपनि विकासका काममा पछि नपर्ने बताएकी हुन् ।

‘कास्की २(२) लाई नजिकबाट चिनेको र भोगेको छु । यहाँका जनतामा पुराना राजनीतिक दलप्रति विस्तृष्णा बढ्दो छ । नयाँ विकल्प दिनुपर्छ भन्ने मान्यताको विकास भएको छ’ उनले भनिन्,‘तर पनि मेरो क्षेत्रका जनताले एकपटक विकल्पसहित मलाई काम गर्ने अवसर दिनुहुन्छ भन्नेमा म पूर्ण आशावादी छु ।’

आफू नयाँ भिजन र मिसनसहित चुनावी अभियानमा उत्रिएको सुनाइन् । पोखरा महानगरपालिका वडा नं.१६ मा एमालेको निर्वाचन परिचालन कमिटिको घरदैलो कार्यक्रममा उनले एमाले पार्टी नयाँ सोच,विचार र एजेण्डासहित चुनावी मैदानमा उत्रिएकोले एमाले पार्टीलाई मंसिर ४ गतेको निर्वाचनमा पहिलो पार्टी बनाउनका लागि कास्की २ (२) का मतदाता आतुर भएको बताइन् ।

आफू राजनीतिक मात्र नभएर सामाजिक व्यक्तित्व भएको हिसाबले धेरै पहिलादेखि गाउँको विकासका निम्ति सक्दो सहयोग गर्ने गरेको स्मरण गर्दै उनले निर्वाचित भएपछि आफ्नो क्षेत्रभित्र रहेका प्राकृतिक स्रोत र साधनको भरपुर उपयोग गरी स्वरोजगार सिर्जना, कृषिमा आकर्षण, भौतिक तथा आर्थिक विकास जस्ता विषयबस्तुलाई मुल प्राथमिकतामा राखेर काम गर्ने अठोट गरिन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->