शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

नवलपरासीमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु

नवलपरासीमा डुंगा पल्टिँदा तीनजनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक १५ २०७९, मंगलबार

पोखरा/ पश्चिम नवलपरासीको सुस्तामा डुंगा पल्टिदा सोमबार साँझ तीनजनाको मृत्यु भएको छ । सुस्ता गाउँपालिका– ४ गोकुलनगरका १८ वर्षीय निरज हरिजन, १८ वर्षीय रञ्जित गुप्ता र २२ वर्षीय गुड्डु हरिजनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू पिकनिक गएर र्फिर्कँदा डुंगा दुर्घटनामा परेको हो। पिकनिक सात जना गएपनि पाँच जना मात्रै फर्केका थिए । डुंगा डुबेपछि स्थानीय र प्रहरीको टोलीले उद्धार गरेर उनीहरूलाई अस्पताल पुर्‍याएको थियो । अचेत अवस्थामा रहेका पाँचमध्ये तीन जनाको अस्पतालमा पुर्‍याएको केही समयमै मृत्यु भएको हो ।

अचेत अवस्थामा रहेका २२ वर्षीय किशोर हरिजन र १५ वर्षीय सोहित सहानीको चौपाता सामुदायिक अस्पताल बर्दघाटमा उपचार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->