बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

अटेरी सई गौतमको दादागिरी: पत्रकार दुर्ब्यवहारदेखी म्यादीलाई झापड

अटेरी सई गौतमको दादागिरी: पत्रकार दुर्ब्यवहारदेखी म्यादीलाई झापड


  • विजय नेपाली
  • कार्तिक १८ २०७९, शुक्रबार

पोखरा / पोखरामा महानगरपालिका प्रदर्शनी केन्द्रमा म्यादी प्रहरीलाई पोशाक वितरण गर्दा प्रहरी नायब निरीक्षक (सई) ले झापड हानेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि भर्ना भएका म्यादी प्रहरीलाई पोशाक दिने बेलामा एक म्यादी प्रहरीले विना कारण कुटाइ खाएका छन् । गत बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा भर्ना भई पुनः भर्ना भएका म्यादी प्रहरीले नयाँ पोशाक नलिने भन्दै विरोध गरेपछि सई आर पी गौतमले हातपात गरेका हुन् ।

पत्रकारमाथि समेत दुव्र्यवहार गरेका प्रहरीले म्यादीलाई समेत कुटेका हुन् । ‘मेरो छेउको साथीले कुटाई खाएको हो । हामी बसिरहेका थियौँ त्यसै हातपात गरेको हो ।’ कुटेका एक म्यादी प्रहरीले भने ।

‘सई साब हुनुहुन्थ्यो । त्यहाँ कराइ राखेको झमेलामा परियो । अचानक मलाइ झापु हान्नुभयो ’

‘त्यहाँ टोलीमा नलिने भन्नेहरु पनि थिए । कपडा बाँड्दै आएको थियो । सुरु सुरुमा लिन्न भन्दै कपडा नलिएका रहेछन् । ठ्याक्क मेरो पालामा आउँदा पनि अगाडीबाट कस्ले लिएनछ । मेरो हातमा पनि ठ्याक्कै कपडा परेको थियो । कपडा हातमै थियो उहाँले त्यसै झापु हान्नुभयो’ उनले भने, ‘झापु हानेपछि मेरो कलरमा समातेर मलाई अगाडी पनि लैजानुभयो । मैलेमात्र होइन त्यहाँ अरुले पनि पिटाइ खानु प¥यो ।’

जिल्लाबाट खटिएका सई गौतमले सोही दिन पत्रकारमाथि समेत दुव्र्यवहार गर्दै जिल्ला प्रहरी कार्यालयबाट फोटो खिच्न अनुमति लिदाँ समेत अटेरी गर्दै निकालेका थिए । उक्त पत्रकार दुव्र्यवहारप्रति जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी अजय केसीले माफी समेत मागेका थिए ।

बिहिबार ५०÷६० जनाभन्दा बढी पुनः म्यादी प्रहरी भएकाहरुले पुरानै पोशाक मात्रै लिने भन्दै विरोध समेत गरेका थिए ।

गल्ति भएको भए कारवाही हुन्छ : प्रहरी प्रवक्ता तिवारी
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुन्दर तिवारीले आफुसमझ त्यस्तो गुनासो केहीपनि नआएको बताए । उनले प्रहरीले गल्ति गरेको भए पिडितले आफुलाई भेटे तत्कालै कारवाहि गर्ने समेत बताए ।

‘कसले कुटाइ खाएको रहेछ मलाई जानकारी छैन् । यदि त्यस्तो रहेछ भने एक पटक मलाई जानकारी गराईदिनुस न । म्यादी प्रहरी नेपाल प्रहरी भनेको एउटै लक्ष्यका लागि खटिएको हो । हामीबीच मनमुटाव आयोभने निर्वाचन एकदमै प्रतिकुल हुन्छ’ उनले भने, ‘म उसलाई पनि काउन्सिलिङ गर्छु र गल्ति गर्नेलाई कारवाहि पनि गर्छु । मानहानि पनि गर्न पाइदैन ।’ आफुसमक्ष आए गुनासोको सम्बोधन हुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->