बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बिकास र समृद्धिका लागि सञ्चार माध्यमः नगरप्रमुख श्रेष्ठ

बिकास र समृद्धिका लागि सञ्चार माध्यमः नगरप्रमुख श्रेष्ठ


  • ढोरपाटन संवाददाता
  • कार्तिक २७ २०७९, आइतबार

बागलुङ/साविकको धौलागिरी अञ्चलकै पहिलो बिद्युतिय सञ्चार माध्यम धौलागिरी एफएम बागलुङले भब्य कार्यक्रमको आयोजना गरी आफ्नो १८ औं बार्षिकोत्सव मनाएको छ । एफएमले शनिबार र आईतबार बिबिध कार्यक्रमहरुको आयोजना गरेको थियो ।

आईतबार लोकनृत्य प्रतियोगिता सहित मुल समारोह सम्पन्न भएको स्टेशन प्रमुख उमाकान्त शर्माले बताए । मुल समारोहको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठले बिकास र समृद्धिका लागि सञ्चार माध्यमको भुमिका महत्वपूण हुने बताए । उनले सञ्चार क्षेत्र पनि बिकासको साझेदार भएको भन्दै सकारात्मक टिप्पणीबाट कमजोरीहरुको सुधारका लागि सहयोग पुग्ने वताए । अव जागारणसहितको सकारात्मक पत्रकारिता आवश्यक भएकोले सञ्चारमाध्यम सधैं सजग हुनुपर्नेमा जोड दिए । बागलुङ नगरपालिकाले सञ्चार क्षेत्रसँग सहकार्य गरेरै आफ्ना कार्यक्रम तथा बिकास निर्माणका काम अघि बढाउने प्रतिवद्धता उनले जनाए ।

नेकपा एमाले बागलुङका अध्यक्ष हिरा वहादुर केसीले धौलागिरी क्षेत्रका सर्वसाधारणको आवाज बोल्ने पहिलो बिद्युतिय सञ्चार माध्यम धौलागिरी एफएम भएको भन्दै राजनैतिक परिवर्तनमा समेत एफएमको भूमिका महत्वपूर्ण भएको बताए । बागलुङको पत्रकारीतामा धौलागिरी एफएम एउटा पाठशाला भएको उनले बताए ।

पत्रकार महासंघ बागलुङका कार्यबाहक अध्यक्ष नबिन शिशिर बिकले पत्रकारीता क्षेत्रको बिकास र पत्रकारहरुको क्षमता अभिवृद्धिमा धौलागिरी एफएमको महत्वपूर्ण भूमिका रहेको बताए । कार्यक्रममा एफएमका सह–सम्पादक कोपिला कँडेलले बोलेकी थिईन् ।

एफएम सञ्चालक समितिका अध्यक्ष हरिनारायण गौतमको अध्यक्षता, सम्पादक ताराप्रसाद शर्माको सञ्चालन र स्टेशन प्रमुख उमाकान्त शर्माको स्वागतमा मुल समारोह सम्पन्न भएको थियो ।
एफएमले उत्कृष्ट कर्मचारीको रुपमा प्राबिधिक प्रमुख कृष्ण संयोग र बर्षभरी उत्कृष्ट बिज्ञापन दिने बुद्धचित्ता आयुर्वेदा र हट एण्ड स्पाईसीलाई सम्मान गरेको थियो । त्यस्तै उत्कृष्ठ श्रोताको रुपमा निलु पुनलाई पुरस्कार सहित सम्मान गरिएको थियो ।

लोकनृत्य प्रतियोगिता यु एस एकेडेमी प्रथम, सिद्धार्थ शिक्षा सदन द्धितिय र प्रिसियस एकेडेमी तृतिय भएका थिए । पुरस्कृत हुने विद्यालय र विधार्थीलाई पुरस्कार, ट्रफी र प्रमाण पत्र वितरण गरिएको थियो ।
बार्षिकोत्सवको अबसरमा एफएमले शनिबार मानवसेवा आश्रमलाई खाद्यान्न, न्यानो लुगा र सरसफाईका सामाग्री प्रदन गरेको थियो । पत्रकार महासंघ र एफएमका बीच मैत्रीपूर्ण फुटशल प्रतियोगिता समेत आयोजना गरेको थियो । एमएफले वि.सं. २०६१ कात्तिक २७ गतेबाट आफ्नो प्रसारण सुरु गरेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->