बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जब स्टेज उक्लियो ‘अर्गानिक’ नृत्य…

जब स्टेज उक्लियो ‘अर्गानिक’ नृत्य…


  • ढोरपाटन संवाददाता
  • कार्तिक २८ २०७९, सोमबार

बागलुङ/ नृत्यका लागि साडी र ब्लाउजमा सजिएका स–साना चार जना बालिका । उद्घोषकले विद्यालयको नाम लिएपछि स्टेजमा चडे । सभाहलभरी रहेका दर्शकका बीचमा गाइँगुइँ सुनियो– ‘खै कस्तो नाच्ने होलान र ? प्रतिस्पर्धामा अन्य विद्यालयका किशोर किशोरीसँग कसरी भिड्न सक्लान ?’

जव उनीहरु स्टेजमा चडे प्राविधिकले गीत बजाइहाले । अनि पड्कियो दर्शकको ताली । कोही दर्शक चिच्याएर उनीहरुलाई हौसाइरहेका थिए । कसैले ताली बजाइ रहे । बागलुङ बजारमा रहेको होटल दि राजनको हलमा धौलागिरी एफएम बागलुङले आयोजना गरेको नृत्य प्रतियोगीतामा रामरेखा आधारभुत विद्यालयको तर्फबाट नृत्य प्रस्तुत गर्दै थिए, उनीहरु । एफएमले आफ्नो १८ औं वार्षिकोत्सवको अबसरमा नृत्य प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिताको विषयमा थाहा पाएपछि विद्यालयका शिक्षकहरुको सामान्य सल्लाहमा उनीहरुले प्रस्तुतिका लागि नृत्य सिकेका थिए । १५ समूह सहभागी प्रतियोगितामो नियम अनुसारको पूर्ण प्रस्तुति त दिन सकेनन् तर सामुदायिक विद्यालयको ‘अर्गानिक’ नृत्य भने उनीहरुले देखाए ।

‘नत हामिसँग नृत्य सिकाउने प्रशिक्षक छन्, नत स्रोत साधन, तैपनि बालबालिकाले मेहनत गर्छन्, हामीले साथ दिन्छौं र विद्यालयको उपस्थिति प्रतियोगितामा हुन्छ’, रामरेखा आधारभुत विद्यालयका प्रधानाध्यापक कविराज क्षेत्रीले भने ‘निजी विद्यालयहरुले नृत्यका कक्षा नै चलाउँछन्, हाम्रा बालबालिकाले गर्ने भनेको उही गाउँले पाराको ‘अर्गानिक’ नृत्य हो ।’
लोकलयको गितमा उत्साहका साथ नृत्य गरेका ती बालबालिकाले दर्शकको निकै माया पाए । प्रतियोगितामा सहभागी हुने रामरेखा आधारभुत विद्यालय एक्लो सामुदायिक बिद्यालय भने होईन् । कुँडुले माध्यमिक विद्यालय, गणेश माध्यमिक विद्यालय, विद्यामन्दिर माध्यामिक विद्यालय लगायतका सामुदायिक विद्यालयबाट विद्यार्थीको उत्साहजनक सहभागिता रहेको थियो । सदरुमकाममा नाम चलेका निजी विद्यालयको पनि प्रतियोगितामा उत्साहजनक उपस्थिति थियो ।

‘प्रतियोगिता निश्चित विधिमा सञ्चालन हुन्छ, त्यही आधारमा हारजीत छुट्टाउने हो’, एफएमका स्टेशन प्रमुख उमाकान्त शर्माले भने ‘सहभागी सबै विद्यालयका बालबालिकाको नृत्य प्रस्तुति प्रशंसनीय छ ।’ बिना प्रशिक्षण सामान्य सिकाइका आधारमा पनि बालबालिकाहरुले उत्कृष्ट प्रस्तुति दिएको शर्माको प्रतिक्रिया थियो ।

प्रतियोगितामा युएस एकेडेमी बागलुङ प्रथम भयो । उसले नगद दश हजार रुपैयाँ जितेको छ । दोस्रो भएको सिद्धार्थ शिक्षा सदनले ७ हजार र तेस्रो भएको प्रिसियस एकेडेमीले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->