शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

मतपत्र ओसार्न हेलिकप्टर माग

मतपत्र ओसार्न हेलिकप्टर माग


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७९, बिहिबार

म्याग्दी/आसन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि म्याग्दीको दुई मतदान केन्द्रबाट मतपेटिका ओसार्न हेलिकप्टरको प्रयोगका लागि सिफारिस गरिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले जिल्लाकै अति विकट धवलागिरी गाउँपालिका–१, गुर्जा र वडा नं ४ मुदी बगरलाई हेलिकप्टरबाट मतपत्र ढुवानीका लागि सिफारिस गरेको हो ।भौगोलिक रुपमा विकट तथा सडक सञ्जाल नपुगेको गुर्जा र बगरबाट पैदलमार्गबाट मतपेटिका ल्याउन करिब दुई दिन लाग्ने भएपछि हेलिकप्टरको आवश्यकता रहेको सुरक्षा समितिको निर्णयलाई पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले बताए ।

‘प्रस्ताव अनुसार आए मतगणना अगाडी नै हुन्छ,हेलिकप्टर नभए सडक सञ्जलाबाटै ल्याउँछौ’, सहायक प्रजिअ शर्माले बताए । पहिलो प्राथमिकतामा गुर्जा र बगरलाई राखिएको छ भने रघुगंगा गाउँपालिका वडा नं ८ कुइनेबाट समेत हेलिकप्टरमै मतपेटिका ल्याउँदा सहज हुने बताइएको छ । यसपटक थपिएको नयाँ मतदान केन्द्रमा मुदीको बगर समेत अति विकटमा पर्छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->