बागलुङ/ आसन्न प्रतिनिधि सभा तथा प्रदेशसभा निर्वाचनमा बागलुङ क्षेत्र नं. १ र प्रदेशसभा ‘क’का उमेद्वारहरुले बागलुङ बजारमा ¥यालीसहित घरदैलो गरेका छन् । नेकपा एमालेका उमेद्वार र गठबन्धनका उमेद्वार दुवैले बिहिबार हिउँदो बजारमा ¥याली सहित घरदैलो गरेका हुन् । एमालेको निर्वाचन सम्पर्क कार्यालयबाट सुरुभएको ¥यालीले बागलुङ बजार परिक्रमा गरेको थियो । अभियानमा प्रतिनिधिसभा सदस्यका उमेद्वार डा.सूर्य पाठक र प्रदेशसभा ‘क’का उमेद्वार हिरा बहादुर केसीसहितका नेताहरु सहभागि थिए । घरदैलो गर्दै उनीहरुले युवाहरुको जाँगर प्रयोग गर्ने वातावरण बनाईदिन आग्रह गरे ।

गठबन्धनका तर्फबाट प्रतिनिधिसभा उमेद्वार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी, प्रदेशसभा ‘क’का उमेद्वार नेपाली कांग्रेसका नेता दिपेन्द्र थापा लगायत पाँचै दलका नेताहरु सहभागि ¥याली बजारमा घरदैलो गरेको हो । निर्वाचन आयोगले प्रचार प्रसार तथा घरदैलो अभियानका लागि दिएको समय आज सकिँदै छ । आज राती १२ बजेदेखि सुन्य समय सुरुहुने भएकाले दल तथा उमेद्वारहरुले बजारमा घरदैलो गरेका हुन् ।








