शनिबार, कार्तिक १४ २०८३

शनिबार, कार्तिक १४ २०८३
  • १४ कार्तिक २०८३ , शनिबार
  • October 31 2026

उम्मेदवारलाई जिताउन अपिल गरेपछि म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त

उम्मेदवारलाई जिताउन अपिल गरेपछि म्याग्दीका एक मतदान अधिकृत जिम्मेवारीमुक्त


  • ढोरपाटन संवाददाता
  • मंसिर १ २०७९, बिहिबार

म्याग्दी/म्याग्दीका एक जना मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले बिहिबार जिम्मेवारीमुक्त गरेको छ । धवलागिरी गाउँपालिका–५ मलम्पारको महेन्द्र आधारभूत विद्यालयका मतदान अधिकृत नविन कार्कीलाई जिम्मेवारीबाट हटाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कार्कीले बिहिबार बिहान प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उमेद्वार हरिकृष्ण श्रेष्ठलाई मतदान गरेर जिताउन अपिल गरिएको डिजिटल पोष्टर आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए । कार्कीको फेसबुकको स्कृनसर्ट सहित नेकपा माओवादी केन्द्रका प्रतिनिधिले मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्तरगतको जिल्ला आचार संहिता अनुगमन समितिलाई उजुरी दिएका थिए । उजुरीको आधारमा कार्कीलाई कार्यालयले लिखित स्पष्टिकरण मागेको थियो ।

कार्कीले मानवीय भुलका कारण सेयर, लाइक गरेको र तत्काल हटाएको स्विकार गरेका थिए । आचारसंहिता अनुगमन समितिको बैठकबाट कार्कीलाई मतदान अधिकृतबाट जिम्मेवारीमुक्त गर्ने निर्णय भएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले बताए । कार्कीलाई हटाएपछि सोही केन्द्रका सहायक मतदान अधिकृत बिष्णुप्रसाद पौडेललाई मतदान अधिकृतको जिम्मेवारी दिइएको छ ।

मालिका गाउँपालिका–४ को ओखरबोट माविका प्रअ रहेका कार्कीले निर्वाचन र मतदान अधिकृतको आचारसंहिता विपरितको कार्य गरेपछि जिम्मेवारीबाट हटाइएका हुन् ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->