बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यसरी अगाडि बढ्दैछ भीमापोखरा कल्याण समाज

यसरी अगाडि बढ्दैछ भीमापोखरा कल्याण समाज


  • टिका वहादुर कार्की 
  • मंसिर १८ २०७९, आइतबार

परिचय
‘भिमापोखरा कल्याण समाज बागलुङ’ एउटा गैर राजनितिक, गैरनाफामुलक सामाजिक संस्थाको रुपमा मिति २०७८।०८।०६ गते जिल्ला प्रशासन कार्यालय बागलुङमा दर्ता भई स्थापित संस्था हो । नेपालको गण्डकी प्रदेश, बागलुङ जिल्ला अन्तरगत हाल कांठेखोला गाउपालिका वडा नं २ (साबिक भिमापोखरा गाउ बिकास समिति) भिमापोखरा तथा बागलुङ नगरपालिका अन्तरगत कार्यक्षेत्रगत जिम्मेवारी तोकिएको यस संस्थाले अन्यत्र कार्य संचालनका लागी स्थानिय प्रशासनको स्वीकृति लिनु पर्छ ।
दैवि प्रकोप वा कुनै आपतकालिन अवस्थामा राहत, उद्दार तथा व्यवस्थापनमा सघाउनु यस संस्थाको मुल उद्देश्य रहेको छ । यस संस्थाको १ बर्ष कसरी बित्यो ? समस्या र आगामी कार्यक्रम के हुनेछ ? समाजको पृष्ठभुमि सहित संक्षिप्त बिवेचना गरौ ।

मनोसामाजिक प्रभाव
आपद बिपद र बिशेष सामुहिक भेलाका लागी धेरै बर्ष अगाडीदेखि भिमापोखरा(बागलुङ सम्पर्क समिति मार्फत सामाजिक संजाल मार्फत सुचना सम्प्रेषण गरेर गाउ तथा बागलुङ बजारमा रहेका भिमापोखरेलीहरुलाई जानकारी गराईदै आइरहेको अवस्थामा कोभिड(१९ को महामारी प्रकोपले बिश्व जनमानस प्रताडित भैरहदा दलिय राजनिति, जातीय, वर्गीय, धार्मिक तथा भौगोलिक पहिचान लगायत भावनात्मक धुर्वीकरणबाट बिखण्डित समाजलाई आईसोलेसन र क्वारेन्टाईनमा थुनिनु पर्दा सहयोगी हातको चरम अभाव महसुस भैरहंदा भिमापोखरेलीहरु मध्य बिभिन्न सेवा तथा व्यबसायबाट अवकास प्राप्त अधिकृत तथा सेवारत बौद्दिक तथा व्यवसायिक व्यक्तत्वहरुको पटक पटकको औपचारिक तथा अनौपचारिक सम्पर्क तथा बैठकमा सबै पक्षलाई समेटेर सामाजिक एकता कायम गर्दै आपत बिपद र अफ्ठ्यारोस्थिति आईपर्दा सहयोग उपलव्ध गराउने अवधारणा सम्बन्धमा सहमत भैसके पछि एउटा गैर राजनितिक, गैर नाफामुलक सामाजिक संस्था स्थापनाका लागी बिधान मस्यौदा तयार गरी समाजको आम भेला आयोजना गर्ने जिम्मेवारी तोकिएको थियो ।

लेखक: टिका वहादुर कार्की

संयोजकमा टिका बहादुर कार्की, सदस्यहरुमा डिल्ली राज उपाध्याय र राजु गौतमले टिकाराम सापकोटा लगायत भिमापोखरेलीरहरु तथा अन्य सरोकारवाला व्यक्तिहरुसंगको औपचारिक तथा अनौपचारिक अबधारणा समेटेर मिति २०७८।०६।१४ गतेका दिन आम भेला आयोजना गरियो । सो भेलाबाट टिका बहादुर कार्कीको अध्यक्षतामा तदर्थ समिति गठन गरि प्रस्तावित बिधानको मस्यौदा स्वीकृत, संस्था सुदृढीकरण तथा साधारण सभा आयोजनाको जिम्मेवारी प्रदान भयो ।

तदर्थ समितिले ५८ जना संस्थापक सदस्य, केहि बिशिष्ट तथा आजिवन सदस्यका साथै महादेव सापकोटाको सहयोगमा आर्थिक बिनियम, मानव संसाधन बिनियम सहित मिति २०७९।१२।१९ गतेका दिन प्रथम साधारण सभा आयोजना गर्यो । उक्त साधारण सभाले टिका बहादुर कार्कीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वाचित गर्यो । उपाध्यक्षमा बल बहादुर भण्डारी, सचिवमा डिल्ली राज उपाध्याय, सह सचिवमा शिव शर्मा, कोषाध्यक्षमा राजु गौतम, महिला तर्फ कोपिला उपाध्याय, तुलसी परियार र पबित्रा थापा मल्ल, सदस्यहरुमा छबिलाल थापा, बिष्णु थापा,राजु निउरे, अनिल शर्मा र बालकृष्ण शर्मा सहित समावेशी प्रकृतिको कार्य समिति चयन भएको छ ।

स्थापनाको प्रारम्भिक चरण देखि हालसम्म संस्था सुदृढीकरणमा योगदान पुर्याउन स्वदेश तथा बिदेशमा रहनु भएका स्थानियमा कोभिड-१९ का साथै बिबिध घटनाको कारण सहयोगी संस्था तथा नेतृत्वमा कुनै दल वा बर्गमा आबध्द नरहेको साझा, योग्य र सक्षम व्यक्ति रहिरहुन भन्ने मनोसामाजिक स्थितिको प्रभाव पर्दै गएको पाईन्छ ।

समाजले गरेका कार्यहरु
बिश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ को चरम स्थितिमा स्थापित यस संस्थालाई गिर्दो आर्थिक अवस्था, बढ्दो बेरोजगारी, महङ्गी तथा कोभिड(१९ को संक्रमणले थिलोथिलो परेको, आईसोलेसन, क्वारेन्टाईन, भेन्टीलेटर तथा मास्कले मुख थुनिएको मानव समाजबाट निस्चित रकम उठाएर सदस्यता बृध्दी तथा कार्यक्रम संचालन असंभव जस्तै थियो । कोभिडको प्रकोप केही कम हुनासाथ आगामी बिपत्तीहरूमा साथ दिनका लागी यस संस्थालाई आर्थिक तथा मानबीय संसाधनले सुदृढीकरण गर्न सदस्यता अभिबृध्दी अभियानमा साथ दिन आवहान गरिए बमोजिम निम्न बमोजिम कार्य सम्पादन भैसकेका छन् :

क) ५८ जना संस्थापक सदस्य, २० जना बिशिष्ट तथा १८२ जना आजिवन सदस्य गरी जम्मा २६० जना सदस्य यस संस्थामा आबध्द भैसक्नु भएको छ ।
ख) संस्थाको उद्देश्य बमोजिम लक्ष प्राप्त गर्ने क्रममा जिल्लाको बिपद जोखिम स्थलको रुपमा सूचिकृत कांठेखोला गाउपालिका वडा नं २ अक्षेते बजारमा स्थानीय प्रहरीको समन्वय तथा सहजिकरणमा गन्डकी प्रदेश बिपद व्यबस्थापन गुल्म बागलुङका दक्ष प्रशिक्षकबाट स्थानिय जनतालाई बिपद जोखिम न्युनिकरण सम्बन्धी सचेतनामुलक डेमोस्ट्रेसन तथा प्रवचन कार्यक्रम संचालन गरिएको छ ।
ग) साथै मिति २०७९।०३।२० गते देखिको अबिरल बर्षाबाट घर गोठ भत्केर मानिस घाईते तथा पशु चौपाया मृत्यु भएका र जटिल प्रकृतिका रोग लागी उपचारार्थ सहयोग माग भएका बिपन्न अवस्थाका ४ जनालाई संस्थाको तर्फबाट ५ हजारका दरले आर्थिक सहयोग उपलव्ध गराईएको थियो । त्यसै गरी क्यान्सर पिडितलाई पिडित पक्षसंगैको सहभागितामा करिव रु. १,८२,०००।– राहत रकम संकलन गरेर घरमै पुगी हस्तान्तरण गरिएको थियो ।
घ) मिति २०७९।०८।०६ गतेका दिन बार्षीकोत्सबको अवसर पारेर बागलुङजिल्लाकोबा न पा ३ लालिगुरांस चोक स्थित मानव सेवा आश्रमलाइरु ६,६००।– बराबरको खाद्यान्न सहयोग गरिएको थियो ।

आगामी कार्ययोजना
क) सदस्यता बृद्दी तथा व्यबस्थापकीय कार्यमार्फत संस्था सुदृढीकरण गर्ने ।
ख) कार्यक्षेत्रगत राहत, सहयोग र सचेतनामुलक एबम बिपद जोखिम न्युनिकरणसम्बन्धि कार्यक्रम संचालन गर्ने ।
ग) स्थानिय तह, गैरसरकारी संस्था तथा सरोकारवाला निकायहरुबीच समन्वय तथा सहजिकरण गर्दै समाजका कार्यलाइ प्रभावकारी बनाउने ।
(कार्की भीमापोखरा कल्याण समाजका अध्यक्ष हुन् ।)

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->