बागलुङ/ राष्ट्रिय उपभोक्ता मञ्चको ७ औं साधारणसभा तथा अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको अधिवेशनले शैलेन्द्रकुमार श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको कार्यसमिति निर्विरोध चयन भएको छ ।
मञ्चको उपाध्यक्षमा गोविन्द गौतम, सचिवमा मनमाया श्रेष्ठ, कोषाध्यक्ष युक्तजंग राजभण्डारी र सहसचिवमा धनकुमारी गौचन चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा जयलाल सापकोटा, भिमसेन थापा, मञ्जु क्षेत्री, भक्तबहादुर बिक, रामबहादुर केसी, ताराकान्त आचार्य र हरिप्रसाद सापकोटा चयन भएका छन् ।
साधारणसभामा बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष नरेश कंडेल, बागलुङ नगरपालिकाका पूर्वप्रमुख जनकराज पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए । मन्तव्य राख्नेहरुले उपभोक्ताको हक हितमा काम गर्न मञ्चको सक्रियता सहयोगी भएको बताए । साथै, आम नागरिकले स्वच्छ पानी पाउनुपर्ने देखि खाद्य अधिकार रक्षाकालागि मञ्चले उठाएका बिषयमा राज्यका निकाय गम्भिर बन्नुपर्ने समेत धारणा राखेका थिए ।
मञ्चले चाडपर्व लक्षित बजार अनुगमन, अखाद्य बस्तुको मिसावट भएको जानकारी पाएमा सुक्ष्म अध्ययन र अनुगमन गर्ने तथा आम नागरिकको स्वास्थ्य र अन्य अधिकारका बिषयमा पनि जानकारी लिने र सेवाप्रवाहलाई चुस्त बनाउने अभियानमा काम गर्दै आएको छ ।





