बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

महिला स्वास्थ्य स्वयंसेविका दिवश

महिला स्वास्थ्य स्वयंसेविका दिवश


  • ढोरपाटन संवाददाता
  • मंसिर २० २०७९, मंगलबार

बागलुङ/ १९ औं महिला स्वास्थ्य स्वयंसेविका दिवश बागलुङमा मनाइएको छ । सोमबार बागलुङ नगर स्वास्थ्य शाखा र सुनौलो नेपालको आयोजनामा भएको दिवशमा सहभागितले स्वयंसेविकाको कामले राज्यको स्वास्थ्य सूचक सुधार बन्दै गएको बताए ।

मुल समारोहमा बागलुङ नगरका उपप्रमुख राजु खड्काले समाजमा व्याप्त हिंसा न्युनिकरणका लागि पनि स्वयंसेविकाहरुको भूमिका महत्वपूर्ण भएको बताए । उनले घर घरमा पुगेर सेवा दिएका महिला स्वास्थ्य स्वयंसेविकाको हितमा नगरपालिकाले काम गर्ने प्रतिवद्धता जनाए । उनले स्वयंसेविकाको सेवा सुविधा बढ्ने गरी नयाँ कार्यविधि कानून ल्याउन लागेको पनि जानकारी दिए ।

नगर स्वास्थ्य शाखाका प्रमुख रामप्रसाद खनालले स्वस्थ्य आमा समूहले छनौट गरेका महिला दिदीबहिनीलाई सम्बन्धित स्वास्थ्य शाखाले सिफारिस गरेपछि मात्रै स्वयंसेविका बन्न पाउने प्रावधानबारे प्रष्ट पारे । उनले नगरपालिकाभित्र मात्रै झण्डै १ सय जना स्वयंसेविका क्रियाशिल रहेको बताए । उनीहरुमार्फत नै नगरपालिकाले नियमित खोप अभियान, औषधि खुवाउने, सरसफाइ लगायतका स्वास्थ्य अभियानहरु संचालन र जागरणका काम पनि गर्दै आएको छ ।

नगर स्वास्थ्य शाखाका प्रमुख खनालको अध्यक्षतामा सम्पन्न दिवशमा स्वयंसेविकाको तर्फबाट कल्पना श्रेष्ठ, वडा नं. २ का अध्यक्ष सुरज बोसेल र वडा नं. ४ का अध्यक्ष कुमार बिक्रम क्षेत्रीले मन्तव्य व्यक्त गरेका थिए ।

यसैबीच महिला स्वास्थ्य स्वयंसेविकाको क्षमता विकास गर्ने लक्षले आन्तरिक हाजिरीजवाफ प्रतियोगितासमेत गरिएको थियो । वडा नं. १ देखि ४ सम्मका स्वयंसेविकाको समूह बनाएर स्वास्थ्य क्षेत्रकै बिषय जानकारी दिनेगरी हाजिरीजवाफ गरिएको खनालले जानकारी दिए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->