बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जिल्ला कारागार बागलुङको अनुगनम

जिल्ला कारागार बागलुङको अनुगनम


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७९, शनिबार

बागलुङ/मानवअधिकार दिवशको अबसर पारेर नेपाल मानवअधिकार संगठनले बागलुङ कारागार अनुगमन गरेको छ ।

अनुगमनको क्रममा कैदीबन्दीले पाउनु पर्ने सेवा सुविधाको बारेमा चासो राखिएको थियो । मानव अधिकारको दृष्टीले उनीहरुमा कस्तो व्यवहार भएको छ, के कस्ता सेवा पाएका छन् भन्ने थाहा पाउन अनुगमन गरिएको संगठनकी अध्यक्ष लक्ष्मीदेवी जिसीले बताइन् ।

कारागारमा भएका सुधारका काम र सुधार्नुपर्ने कतिपय बिषयमा कारागार प्रमुख डिलबहादुर केसी र संगठनका पदाधिकारीबीच छलफल भएको थियो । कारागारले केही समययता खानेपानीमा सुधार गरेको, कैदीबन्दीकालागि पुस्तकालय व्यवस्थापन गरेको केसीले बताए । त्यस्तै सोलार बत्ती जडानको काम शुरु भएको, बाहिरी गेट निर्माण र भेटघाटलाई व्यवस्थित बनाएको समेत उनले जानकारी दिए ।

कारागारमा अहिले १ सय ७० कैदीबन्दी छन् । ती मध्ये १० जना महिला हुन् । धेरै बन्दीहुँदा स्वास्थ्य समस्या आउने, अन्य सेवा दिन नसकिने भएको भन्दै विभिन्न दाता खोजेर सुधारका काम गरेको केसीले बताए । तमानखोला गाउँपालिका, बडिगाड गाउँपालिका, बागलुङ नगरपालिका लगायतले कारागार सुधारकालागि सहयोग गरेका छन् । खाडि मुलुकमा बस्ने युवाहरुको संगठनले कारागारमा पुस्तकालय निर्माण गर्न ५ लाख रुपैयाँ सहयोग गरेको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->