पोखरा / नेकपा एमालेले प्रदेश समानुपातिकतर्फको सांसद चयन गरेर निर्वाचन कार्यालयमा बुभाएको छ। शनिबार पार्टीको केन्द्रिय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले सबै प्रदेशसभातर्फको समानुपातिकतर्फको सांसद छानेर निर्वाचन आयोगमा वुझाएको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले बताए।
प्रचार विभाग प्रमुख गुरुङका अनुसार गण्डकी प्रदेश सभामा एमालेबाट जनजाती पुरुषतर्फ लिलावहादुर थापा मगर (बागलुङ), जनजाती महिलातर्फ विना कुमारी थापा (बागलुङ), निर्मला थापा (स्याङजा) र राजकुमारी भुजेल (कास्की) परेका छन् ।
खस आर्यमा पुरुषतर्फ कृष्ण प्रसाद पाठक (बागलुङ) र प्रकाश केसी (कास्की), महिलातर्फ यसोदा रिमाल (लमजुङ) र देवका पहारी त्रिपाठी (कास्की) र दलितमा पुरुषतर्फ गोविन्द बहादुर नेपाली (बागलुङ) र महिलातर्फ नन्दकला दमाई (कास्की_ परेका छन् । लीला वहादुर, बिना कुमारी, कृष्ण पाठक र गोविन्द नेपाली चार जना बागलुङबाट परेका छन् । उनीहरु आआफ्नो कलष्टरमा पहिलो नं.मा थिए । कास्की जिल्लाबाट पनि ४ जना तथा लमजुङ र स्याङजाबाट १/१ जना परेका छन् ।
त्यस्तै एमालेले प्रदेश १ मा १५, मधेश प्रदेशमा ८, बागमतीमा १४, लुम्बिनीमा ११, कर्णालीमा ५ र सुदुरपश्चिमा ७ सांसद चयन गरेको छ ।
प्रदेश १ मा शिलादिक्षित कार्की, तारादेवी ढकाल, निरादेवी खनाल आचार्य, गितादेवी रेग्मी, सिर्जना दनुवार, कमला थापा, मिना श्रेष्ठ, सिर्जना राई, मालती लिम्बु,लहुरमय जिमी याक्खा, कमला दर्नाल, गितारानी महतो, नुरसदी वेगम, नम्मरलाल धिमाल र ललिताकुमारी चौधरी समानुपातिकबाट प्रदेश सांसद भएका छन् ।
मधेस प्रदेशमा मञ्जुकुमारी थापा, पोल्टीदेवी यादव, पलटीदेवी महरा, फुलुकुमारी देवी, विनादेवी शर्मा, शिला यादव, जयचन्द्रप्रसाद पटेल र नाजिमा खातुन छनौट भएका छन्।
बागमती प्रदेशमा भारतीकुमारी पाठक, अप्सरा चापागाई, मायाकुमारी कार्की, डा. दिनेशचन्द्र देवकोटा, हरिप्रसाद सापकोटा, विन्दु श्रेष्ठ, माइली तामाङ, सुकमाया तामाङ, सकुन्तला श्रेष्ठ राजभण्डारी, उर्मिला सुनार, आनन्द श्रेष्ठ, ज्ञानबहादुर तामाङ, ठुला थामी र बालकुमारी विश्वकर्मा रहेका छन् ।
लुम्बिनी प्रदेशमा जानकी न्यौपाने, बसन्ती न्यौपाने, गिरिधारीलाल, सरिता पुन, यमुना रोका, सिता चौधरी, भगवतीकुमारी थरुनी, इन्द्रकुमारी गहतराज, रेखाकुमार शर्मा, शान्ति लोहर र सायरा वानु छानिएका छन्।
कर्णाली प्रदेशमा दक्षिणा शाही, तुलसा मल्ल, कलबहादुर हमाल, गन्त विक र नन्दा गुरुङ तथा सुदूरपश्चिम प्रदेशमा सन्तोषी कुमारी शर्मा थापा, जानकी बम ऐर, निर्मलादेवी साउद, राजेन्द्र सिंह रावल, धर्मराज पाठक, हिरा सार्की र कोइलीदेवी चौधरीलाई पार्टीले निर्णय गरेको प्रचार विभाग प्रमुख गुरुङले बताए।





