बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

यी हुन् गण्डकीमा कांग्रेस, माओवादी र राप्रपाका समानुपातिक सांसद

यी हुन् गण्डकीमा कांग्रेस, माओवादी र राप्रपाका समानुपातिक सांसद


  • ढोरपाटन संवाददाता
  • मंसिर २४ २०७९, शनिबार

पोखरा / गण्डकी प्रदेशसभामा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएका छन् । यी पार्टीका केन्द्रिय समितिले शनिवार निर्णय गरेर गण्डकी प्रदेशसभाका समानुपातिक सांसदहरुको नामवली निर्वाचन आयोगमा बुझाएका छन् ।

नेपाली कांग्रेसबाट दिलमाया पौ.बि. (बागलुङ), चम्पादेवि खड्का (बागलुङ), विमला गौचन (म्याग्दी), रेखा गुरुङ (पर्वत), सरस्वती गुरुङ (कास्की), पार्वती तामाङ (लमजुङ), सरस्वती अर्याल तिवारी (स्याङजा), कल्पना तिवारी (स्याङजा) र टीका कुमारी बस्याल (लमजुङ) रहेका छन् ।

नेकपा माओवादी केन्द्रबाट कुशुम बुढा (बागलुङ), सुशिला सिंमखडा (गोरखा) र दमयन्ती रुचाल (नवलपुर) तथा राप्रपाबाट पञ्चराम गुरुङ (स्याङजा) र विन्दु अधिकारी पहाडी (लमजुङ) रहेका छन् । नेकपा एमालेले पनि १० जनाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->