बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी मेडिकल कलेजमा मुटुरोगको उपचार सुरु

गण्डकी मेडिकल कलेजमा मुटुरोगको उपचार सुरु


  • ढोरपाटन संवाददात
  • मंसिर २८ २०७९, बुधबार

पोखरा/ पोखरा ९ पृथ्वीचोक स्थित गण्डकी मेडिकल कलेजले मुटुरोगको समेत उपचार सुरु गरेको छ ।

कलेजको दशौं वर्षमा प्रवेशसंगै मुटुरोग केन्द्र समेत संचालनमा ल्याएको हो । अब अस्पतालमा सिसियु कक्षमा राखेर विरामीको उपचार सुरु गर्न लागेको हो ।

गण्डकीका सर्वसाधारण मुटुसम्बन्धि समस्या लिएर काठमाडौं जाने बाध्यतालाई मध्यनजर गर्दै पोखरामै सेवा प्रदान गर्न लागेको हो ।

मुटु जाँच सम्बन्धि क्याटल्याब, होल्टर, एविपिएम, टिएमटि, इको, इसिजि सहितको सिसियु कक्ष संचालनको सुरुवात गरेको हो ।

अस्पताललेस्तन क्यान्सर, नशा च्यापिएका साथै अन्य असाध्य रोगहरुको समेत उपचार गर्दै आइरहेको छ ।

स्वास्थ्य क्षेत्रमा जनशक्ति उत्पादन तथा विकास गर्ने लक्ष्यका साथ मेडिकल, नर्सिङ तथा अस्पतालको स्थापना गरेको अस्पताल दशैं वर्षमा प्रवेश गरेको हो ।

स्वास्थ्य क्षेत्रमा देखिएको स्वास्थ्य जनशक्तिको अभावको अन्त्य गर्न २०६४ सालमा निजि कम्पनीको रुपमा दर्ता गरिएको थियो ।

३ सय शैयाबाट सुरु भएको अस्पतालले हाल सुधार गर्दै ५५० शैयाको अस्पताल निमार्ण गरेको छ ।

जसमध्ये गहन चिकित्सा अन्तरगत २७ शैयाको एमआईसियु, १० शैयाको सिसियु, १४ शैयाको एसआईसियु, ७ शैयाको पिआईसियु÷एनसियु, ४४ शैयाको विशिष्ट क्याबिन तथा १२ वटा जनरल बेड संचालनमा रहेको छ ।

मेडिकल कलेजमा सन् २०१० देखि हालसम्म सय जना विधार्थी उत्तिर्ण भइसकेका छन् । अहिले एमबीबीएस, बाहेक विडिएस, विएस नर्सिङ, विएन, विपिएच, एमएल्टि, वि.फार्मा तथा विएससी एमआईटि का कक्षा समेत संचालन गरेको छ ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->