बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सर्बोच्चमा पुराना मुद्दा घटाउने प्रयास शुरु : कार्की

सर्बोच्चमा पुराना मुद्दा घटाउने प्रयास शुरु : कार्की


  • ढोरपाटन संवाददाता
  • मंसिर २९ २०७९, बिहिबार

बागलुङ/ सर्बोच्च अदालतका कायममुकामय प्रधानन्यायाधिस हरिकृष्ण कार्कीले पुराना मुद्दाहरु फछ्र्यौट गरेर नागरिकलाई न्याय दिने बताएका छन् । जिल्ला र उच्च अदलतमा नियमित फछ्र्यौट भएरपनि सर्बोच्चमा हजारौं मुद्दा बाँकी रहेकोले समयमा छिनोफानो गर्ने पद्दती बसाल्न लागेको बताए ।

उच्च अदालत पोखराको बागलुङ इजलास भवन शिलान्यासमा बागलुङ आएका कार्कीले कम्तिमा ५ बर्ष नाघेका मुद्दा छिटो फैसला गर्ने बताए । सर्बोच्चमा झण्डै २३ हजार बढी मुद्दा भएको बताइएको छ ।
पुराना मुद्दा फैसला छिटो गर्न सक्दा पनि बर्षौदेखि न्याय नपाएका जनताले राहत पाउने भन्दै कार्की ढिला न्याय दिंदा जनताले अदालतप्रति नकारात्मक धारणा बनाएको बताए । केही घटनाक्रमले पनि अदालतप्रति बढेको अविस्वास कम गर्न सकेसम्का प्रयास थाल्ने उनले बताए ।

कार्कीले न्यायालय र न्याय सम्पादन शुद्ध हुनुपर्ने भन्दै आप्नो नेतृत्वमा केही सुधार गरेरै देखाउने बताए । न्यायालयमा राजनीतिक छायाँ पर्न नदिने पनि उनको धारणा थियो । राजनीतिक छायाँ अदालतमा पर्न नदिने भन्दै कानूनी शासनको स्थापनामा पनि पहल गर्ने बताए । उनी नेपाल बार एसोसिएनको पूर्व महासचिव समेत हुन् । उनले बारको सहकार्यबाट न्यायालय सुधार हुने समेत बताए ।

लामो समयदेखि जीर्ण भएको अदालतको भवन बुधवार शिलान्यास भएको हो । भूकम्प पुननिर्माण प्राधिकरणले पुरानो भवनमा रातो स्टिकर लगाएको थियो । तरपनि लामो समयदेखि यहाँ अदालत जोखिम मोलेर संचालनमा थियो । भवन जीर्ण भएपछि मुख्य भवन छाडेर छाप्रामा तीनवटा इजलास बनाएर कार्यसम्पादन भैरहेको थियो ।

आगामी २८ महिनाभित्र सकिने गरी ‘श्यामसुन्दर पशुपति शिवजी संयुक्त निर्माण कम्पनी’ले भवनको ठेक्का लिएको छ । कुल ७० करोड ७७ लाखको लागत स्टिमेट रहेकोमा कम्पनीले ५७ करोड ४२ लाख रुपैयाँमा भवन बनाउन लागेको हो । लिफ्ट सहितको ६ तले भवनमा ६ वटा इजलास, अपांग र बालमैत्री कक्षसमेत हुनेछ । यो भवनमा न्यायधिस आवास, भूमिगत गाडी पार्किङ स्थल र सुरक्षागार्ड भवनसमेत बन्ने छ । भवन डिभिजन कार्यालय बागलुङले भवनको प्राविधिक क्षेत्र हेर्ने सिनियर डिभिजन इन्जिनियर सुनिता श्रेष्ठले बताइन् ।

बुधबारै कार्कीले उच्च अदालत बार एसोसिएसनका पदाधिकारीसँग पनि अन्तरक्रिया गरेका थिए । कार्यक्रममा अधिवक्ताहरुले घरेलु हिंसा पीडितले न्याय पाउन नसकेको, सम्बन्ध बिच्छेदमा पुरुषको मुद्दा एक बर्षसम्म राखेर निस्कृय बनेको लगायत जिज्ञाशा राखेका थिए । त्यस्तै उनीहरुले जिल्ला अदालतमा एकमात्र न्यायाधिस हुँदा काम अबरुद्ध हुने गरेको भन्दै कम्तिमा दुइ न्यायाधिसको माग गरे ।
कार्कीले केही न्यायाधिसको नियुक्ती प्रकृया शुरु भएकोले आवस्यकताको आधारमा दरबन्दी बितरण हुने बताए । सरकारसँग बजेटको माग गर्नुपर्ने भएकोले सोको कार्यान्वयनपछि कतिपय आवस्यकता पुरा हुने जानकारी दिए । कार्कीले बुधवार जिल्ला र उच्च अदालतका कामकारवाही अनुगमन पनि गरेका थिए ।

भवन शिलान्यास कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधिस डिल्लीराम आचार्य, सर्बोच्च अदालतका मुख्य रजिष्ट्रार लालबहादुर कुँवर, बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ, बारका अध्यक्ष अखिलनाथ शर्मा, बरिष्ठ अधिवक्ता पदमनाथ शर्मा लगायतले बोलेका थिए । उच्च अदालत बागलुङका मुख्य न्यायाधिस कृष्ण गिरिीको अध्यक्षता, रजिस्ट्रार नेत्रप्रसाद भुषालको संचालन र न्यायाधिस निलम पौडेलको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->