बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

पोलिटिकल साइन्स सोसाइटीको संयोजकमा गौतम

पोलिटिकल साइन्स सोसाइटीको संयोजकमा गौतम


  • ढोरपाटन संवाददाता
  • पुष ३ २०७९, आइतबार

बागलुङ/ राजनीति शास्त्रका प्राध्यापक, विद्यार्थी र सरोकार राख्नेहरुको पोलिटिकल साइन्स सोसाइटी नेपाल बागलुङ शाखा स्थापना गरिएको छ । शनिबार आयोजित जिल्ला स्तरीय भेला तथा शासन संचालनमा जनप्रतिनिधिको भूमिका विषयक अन्तरक्रियापछि शाखा स्थापना गरिएको हो ।

समितिको संयोजकमा हालै मात्र त्रिभूवन विश्वविद्यालयबाट बिद्यावारिधी प्राप्त गरेका धौलागिरि बहुमुखी क्याम्पसका उपप्राध्यापक डिल्लीराज गौतम रहेका छन् । समितिको सहसंयोजकमा मोहमद अजिज र सचिवमा धौलागिरि बहुमुखी क्याम्पसका स्ववियु सभापति मनिष थापा, सदस्यहरुमा बलेवा पैयुँपाटा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्त, उपप्राध्यापक गोबिन्दराज गौतम, बिष्णुप्रसाद शर्मा, शिवप्रसाद पोखरेल, यामबहादुर थापा, विक्रम शर्मा, पत्रकारद्वय प्रकाश बराल र संगम घर्तीमगर रहेका छन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सांसद कृष्ण पाठकले राजनीतिमा इमान्दारीता र विश्वसनीयताको खडेरी लागेको बताए । शासन संचालन गर्नेले मालिक भएर नभई जनताको सेवक भएर काम गर्नुपर्ने धारणा राखे ।

कार्यक्रममा कांग्रेस नेता जगदिशचन्द्र उपाध्यायले राजनीतिक नेतृत्वले जनताको हित र राष्ट्रहितमा काम गर्न नसकेमा नेपाल पनि सिक्किमीकरणतर्फ जान सक्ने खतरा औल्याए । उनले पोलिटिकल सोसाइटीले अब निरन्तर प्रतिपक्ष बन्ने नागरिक समाजको भूमिका खेल्नुपर्ने समेत सुझाव दिए ।

सोसाइटीका केन्द्रीय अध्यक्ष सुवास ढुंगानाको अध्यक्षता, मिलन आलेको संचालन र उपप्राध्यापक डिल्लीराज गौतमको स्वागतमा सम्पन्न कार्यक्रममा पृथ्वीनारायण क्याम्पसका सहप्राध्यापक गिरिधारी दाहालले कार्यपत्र प्रस्तुत गरेका थिए । उनको कार्यपत्रमाथी जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा, बलेवा पैयुपाटा बहुमुखी क्याम्पसका प्रमुख ज्ञानेन्द्रराज पन्त, सरिता पोखरेल लगायतले टिप्पणी गरेका थिए ।
गठन भएको समितिले जिल्लामा राजनीतिक दल र जनप्रतिनिधि लगायतसँग समन्वयात्मक छलफल चलाएर जिल्ला तहको राजनीतिक क्षेत्रमा सुधार ल्याउन पहल गर्ने गौतमले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->