बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

स्वास्थ्य बिमापछि टिकी विकको परिवार दंग

स्वास्थ्य बिमापछि टिकी विकको परिवार दंग


  • अनिश पाठक
  • पुष ६ २०७९, बुधबार

बागलुङ/ बागलुङको बडिगाड गाउँपालिका–९ चिउधाराकी टिकी बिक आजभोली निकै उत्साहित छन् । उनको परिवारका सबै सदस्यको स्वास्थ्य बिमा भएपछि परिवार दंग छ ।
न्युन आय भएको उनको परिवारमा बिरामी भए कसरी उपचार गरौंला भन्ने त्रास थियो । परिवारका सदस्यको दैनिक आयआर्जन गर्ने माध्याम मजदुरीबाट आएको पैसाले उनको घरमा छाक मात्रै टर्छ । तर, अकस्मात बिरामी परे औषधोपचारका लागि पैसा छैन् ।

घरमै पुगेका स्वास्थ्य बिमाका सहजकर्ताले परिवारको कागजात मागेर फाराम भरिदिएपछि बिक परिवारमा खुसी छाएको छ । अबको एक बर्ष उनीहरुको परिवारले १ लाखसम्मको उपचारकै लागि ऋण लिनुपर्दैन् ।

बडिगाडले ‘जनतासंग पालिका अध्यक्ष स्वास्थ्य बिमा कार्यक्रम’अन्तर्गत चिउधाराका एक परिवारको घरमै पुगेर स्वास्थ्य बिमा गरिएको हो । चिउधाराका बोमे बिक, टिकी बिक, रुमेश बिक, सृष्टि बिक चतुरे बिकको स्वास्थ्य बिमा गरिएको बडिगाडका स्वास्थ्य शाखाका हेल्थ असिस्टेन्ट हेम पुनले जानकारी दिए ।

शारिरिक रुपमा पूर्ण अपागंता भई बिस्तारामै लामो समयदेखि थलिएका रुमेश बिकलाई सोही अबसरमा ‘क’ वर्गको रातो अपागंता परिचय पत्र प्रदान गरिएको उनले बताए । बडिगाडका अध्यक्ष गण्डकी थापा अधिकारीले पालिकाको नीति तथा कार्यक्रममै जारी गरिएको कार्यक्रम पुरा गर्न पालिका लागिपरेको बताईन् ।

अध्यक्ष अधिकारीसगैं उपाध्यक्ष भिमसेन वन, प्रमुख प्रशासकिय अधिकृत चेतनारायण भण्डारी, वडाअध्यक्ष कृष्ण केसी, लेखा अधिकृत डिल्लीप्रसाद शर्मा, हेल्थ असिस्टेन हेम पुन, स्वास्थ्य शाखा र बिमा अभिकर्ताहरुको उपस्थितिमा ६ जनाकै स्वास्थ्य बिमा गरिएको हो ।

गाँउपालिकाको स्वास्थ्य शाखाले सो क्षेत्रमा क्षयकुष्ठ तथा हेल्थ प्रोफाइलको तथ्यांक संकलन अभियानसंगै नागरिकको सामान्य स्वास्थ्य उपचारसमेत गरिरहेको हेल्थ असिस्टेन पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->