बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बागलुङ सम्पर्क मञ्चले गर्यो एमालेका समानुपातिक सांसदलाई सम्मान

बागलुङ सम्पर्क मञ्चले गर्यो एमालेका समानुपातिक सांसदलाई सम्मान


  • ढोरपाटन संवाददाता
  • पुष ६ २०७९, बुधबार

काठमाडौं / नेकपा एमाले बागलुङ-काठमाडौं सम्पर्क मञ्चले प्रतिनिधि तथा प्रदेशसभामा निर्वाचित सांसदहरुलाई सम्मान गरेको छ । मञ्चले बुधवार काठमाडौंमा बधाई तथा शुभकामना कार्यक्रम आयोजना गरी जिल्लाबाट समानुपातिकतर्फ निर्वाचित सांसदहरुलाई सम्मान गरेको हो ।

बागलुङ जिल्लाबाट समानपातिकतर्फ निर्वाचित प्रतिनिधिसभाका सांसद देवीप्रकाश भट्टचन, गण्डकी प्रदेशसभामा निर्वाचित सांसद लिलावहादुर थापा, गोविन्द वहादुर नेपाली, कृष्ण पाठक र बिना कुमारी थापालाई सम्मान गरेको हो ।

सो अवसरमा मन्तब्य राख्दै एमालेका पोलिटब्यूरो सदस्य तथा गण्डकी प्रदेशसभा सदस्य लीलावहादुर थापा मगरले आफुहरुले संसदमा गएर जनताका लागि काम गर्ने र संघियतालाई मजवुद बनाउने काम गर्ने वताए । हामी जता गएपनि काम गर्नका लागि जाने हो, सांसद थापाले भने, त्यसका लागि जोश र होस दुवै हामीसंग छ ।

कार्यक्रममा एमालेका पोलिटब्यूरो सदस्य तथा गण्डकी सहइन्चार्ज मन कुमारी केसीले निर्वाचन मार्फत नेकपा एमाले पहिलो पार्टी बनेको र निर्वाचित सांसदहरुले जनताको काम गर्न पनि पहिलो बन्नु पर्ने वताईन । उनले लोकप्रिय पार्टी मत मार्फत बागलुङबाट पाँच पाँच जना समानुपातिक सांसद बनेर इतिहास रचेको वताईन ।

कार्यक्रममा जिल्ला इन्चार्ज तथा प्रदेश सांसद गोविन्द नेपाली र कृष्ण पाठक तथा प्रतिनिधिसभा सांसद देवीप्रकाश भट्टचनले जनताको मतले आफुहरु सांसद भएको र पार्टीले सिफारिश गरेकोमा धन्यवादी दिदै पार्टी र जनताको पक्षमा काम गर्ने प्रतिवद्धता जनाए ।

सम्पर्क मञ्चका अध्यक्ष अर्जुन पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका जिल्ला अध्यक्ष हिरावहादुर केसी, सम्पर्क मञ्चका सहइन्चार्ज चेतनारायण पौडेल लगायतले शुभकामना राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव ओम केसीले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->