बागलुङ/ गण्डकी प्रदेश सरकारको ‘सक्षम महिला समानान्तर पाइला’ कार्यक्रम अन्र्तगत बागलुङ नगरपालिका–३ का महिलालाई स्वरोजगार बनाउने तालिम शुरु भएको छ ।
मन्त्रालयले आब्हान गरेको प्रस्तावनामा बागलुङका महिलाले तालिम लिने अवसर पाएका हुन् । गण्डकी प्रदेशको शिक्षा विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयको सहयोगमा ग्रामीण उद्यमशिलता विकास केन्द्रले बागलुङका २५ जना महिलालाई उद्यमशिलता तालिम दिएको हो ।
सीपमूलकअन्र्तगत गुडिया बनाउने तालिममा सहभागिले तालिमपछि आत्मनिर्भर व्यवसाय गर्ने समेत बताएका छन् । मंगलबारदेखि शुरु भएको तालिम बागलुङ नगरपालिकाका कार्यबहाक नगरप्रमुख कोपिलामणी शर्माले उद्घाटन गरे । उनले तालिमबाट आत्मनिर्भर भएर महिलाहरु सक्षम बन्नुपर्ने बताए ।
कार्यक्रममा बागलुङ उद्योग बाणिज्य संघका महासचिव ऋषिराम गौतम, प्रशिक्षक माया सारु लगायतले उद्यमशिल बन्नका लागि उद्यमीले तालिममा ध्यान दिनुपर्ने र तालिमपछि काम गर्नुपर्ने धारणा राखे । बानपा ३ का अध्यक्ष शनि केसीको अध्यक्षता, केन्द्रकी सचिव अनिता तिवारीको संचालन र कार्यक्रम संयोजक दिपक सुवेदीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।





