बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

काठेखोला-२ भीमापोखरामा माघे संक्रान्ति मेला आयोजना

काठेखोला-२ भीमापोखरामा माघे संक्रान्ति मेला आयोजना


  • ढोरपाटन संवाददाता
  • पुष ११ २०७९, सोमबार

बागलुङ / माघे संक्रान्तिको अवसर पारेर सिमसिम युवा क्लब भीमापोखराले साताव्यापी रुपमा माघे संक्रान्ति मेला-०७९ आयोजना गरेको छ । ‘संस्कृतिको संरक्षण र प्रतिभाको खोजीमा निरन्तरको प्रयास -परिष्कृत संस्कार अनि उन्नत क्षमताको खातिर अविराम अभ्यास’ मुल नारासहित पुस २६ देखि माघ १ गतेसम्म माघे संक्रान्ति मेला-०७९ आयोजना गरिएको हो ।

सिमसिम युवा क्लबका सचिव गंगा थापाका अनुसार मेलाको अवसरमा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु आयोजना गरिएको छ । लामो समयदेखी मेला आयोजना गर्दै क्लबले यस वर्ष पनि ठूलो राशीको साविक वडास्तरिय खुला पुरुष भलिबल प्रतियोगिता आयोजना गरेको छ ।

भलिवलतर्फ प्रथम पुरस्कारको राशी नगद रु. ४० हजार, मेडल र प्रमाण पत्र रहेको छ । द्धितिय र तृतियाले क्रमश रु.३० हजार र रु.१० हजार तथा मेडल र प्रमाण पत्र पाउने छन् ।
मेलाको अवसरमा खुला सामुहिक नृत्य प्रतियोगिता आयोजना गरिएको छ । नृत्य प्रतियोगितामा प्रथम पुरस्कार राशिको रु.३० हजार र प्रमाण पत्र रहेको सचिव थापाले वताईन ।

नृत्यमा द्धितिय र तृतियाले क्रमश नगद रु.२० हजार, रु.१० हजार र प्रमाण पत्र पाउने छन् । मेलामा स्थानीय तथा राष्ट्रिय कलाकारहरुले आफ्नो सांस्कृतिक प्रस्तुती दिनेछन । स्थानीय प्रतिभाहरुको खोजी र सम्मान तथा स्थानीय संस्कृतिको संरक्षणमा मेला सफल हुने विश्वास आयोजकले लिएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->