शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नयाँ संसदमा मुख्यमन्त्री नजाने

नयाँ संसदमा मुख्यमन्त्री नजाने


  • ढोरपाटन संवाददाता
  • पुष १८ २०७९, सोमबार

पोखरा/ संवैधानिक अस्पष्टता तथा राजनीतिक समस्याका कारण प्रदेशसभाको बैठकमा मुख्यमन्त्री नजाने भएका छन । गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल प्रदेशसभाको अघिल्लो कार्यकालमा कांग्रेस संसदीय दलका नेता थिए । तर, नयाँ निर्वाचित प्रदेशसभा सदस्यहरुले सुरेन्द्रराज पाण्डेलाई कांग्रेसको संसदीय दलको नेता निर्वाचनमार्फत चुनेका छन ।अब हुने प्रदेशसभा बैठकले संसदीय दलको नेतामा पाण्डेलाई चिन्छ ।

संसदमा गएर मुख्यमन्त्रीले सम्बोधन गर्न पाउने भएतापनि प्रदेशसभाको नयाँ कार्यकाल सुरु भइसकेका कारण प्रदेशसभाका अबका बैठकमा मुख्यमन्त्री जाँदैनन । मुख्यमन्त्रीका प्रेस सल्लाहकार भरत कोइरालाले ‘सुरुमा नै सरकार बनेको भए समस्या नहुने र संविधानमा पनि प्रष्ट व्यवस्था नभएका कारण मुख्यमन्त्री प्रदेशसभा बैठकमा सहभागी नहुने’ जानकारी दिए ।
मुख्यमन्त्री पोखरेल प्रदेशसभाका ज्येष्ठ सदस्य तथा बाँकी सदस्यहरुको शपथग्रहण पनि सहभागी भएनन ।

प्रदेशसभाका सदस्यहरुले १४ गते शपथग्रहण गरिसकेपछि प्रदेश प्रमुख पृथ्वीमान गुरुङले पौष १८ गते ३ बजेको लागि बैठक आह्वान गरेका छन । बैठकको कार्यसूची तय नभएतापनि सोमबार बिहान ११ बजे ज्येष्ठ सदस्य मित्रलाल बस्यालले सर्वदलीय बैठक बोलाएका छन । त्यहाँ नै कार्यसूची तय हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी प्रेम सुवेदीले जानकारी दिए । सम्भवतः सोमबारको बैठकमा सरकारले ल्याएका तीनवटा अध्यादेश पेश हुनेछन । गण्डकीका बहालवाला कानूनमन्त्री विन्दुकुमार थापा प्रदेशसभामा पनि दोहोरिएकाले उनले नै अध्यादेश पेश गर्नेछन । त्यसबाहेक अघिल्लो संसदले बनाएको प्रदेशसभा नियमावलीलाई सोमबारको बैठकले अंगीकार पनि गर्नेछ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->