बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

जेलमा रहेका दुई बालकलाई पठनपाठनको अवसर

जेलमा रहेका दुई बालकलाई पठनपाठनको अवसर


  • ढोरपाटन संवाददाता
  • पुष १९ २०७९, मंगलबार

बागलुङ/ बागलुङ कारागारमा रहेका दु्ई बालकलाई पोखरास्थित हिमाली बालकल्याण संरक्षण मंचमा पढाइलेखाइका लागि पठाइएको छ ।

आमा जेल परेपछि सँगै आएका ६ बर्षका अनमोल परियार र ४ बर्षका एलिन बुढालाई पोखरा पठाइएको कारागार कार्यालयका प्रमुख डिलबहादुर केसीले बताए । राष्ट्रिय बाल अधिकार परिषद गण्डकी प्रदेश संयोजक बद्रीप्रसाद वाग्ले, मानवअधिकार संगठन बागलुङकी अध्यक्ष लक्ष्मी जिसी कार्की, बागलुङ नगरपालिका महिला तथा बालबालिका शाखाकी प्रमुख सरस्वतीदेवी रेग्मी र मंचका प्रमुख टंक गुरुङले अभिभावकको सहमतिमा बालकलाई पढाउने व्यवस्थापन गराएका हुन् ।

दुवै बालकका आमाहरु आफ्नै श्रीमानको हत्या आरोपमा जेल परेका छन् । ती दुई बालकलाई पढ्ने, लेख्ने र खानेबस्ने व्यवस्थासहित अभिभावकले खोज्दा घरमा लगिदिने शर्तमा पढ्न पठाइएको केसीले जानकारी दिए । ‘आमाबाबुको काखमा भएपनि उनीहरुले पढ्ने अबसर पाएका थिएनन्, सुरक्षित भविष्यका लागि पढ्न पठायौं’ केसीले भने, ‘सबैको साथ र सहमतिले बालकहरुले पढ्ने अबसर पाए ।’
केही समयदेखि उनीहरुको व्यवस्थापनबारे केसीले खोजी गरेका थिए । केसीका अनुसार ताराखोला गाउँपालिका–४ की खुमला परियार जेल परेपछि छोरा अनमोल र निसीखोला–५ की मोनिका बुढा जेल परेपछि छोरा एलिन पनि जेलमै आएका थिए । उनीहरुको घरमा स्याहार गरिदिने कोही नहुँदा बालक जेलमै बस्न बाध्य थियो ।

६ बर्षका अनमोल कक्षा १ मा पढ्दा पढ्दै छुटेर आएका थिएभने ४ बर्षका एलिन बिद्यालय भर्ना भएकै थिएनन् । दुवैले दाताको सहयोगमा पढ्ने अबसर पाएका हुन् । कारागार प्रमुख डिलबहादुर केसीले बाध्यताले परेका बालकहरुको बारेमा राज्यको छुट्टै व्यवस्था नभएकोले सहयोगीको खोजी गर्दा हिमाली बालगृह भेटिएको बताए ।

छोरालाई पढाउन पाएर दुवै आमाहरु खुसी छन् । परिषदका गण्डकी प्रदेश समन्वय अधिकृत बद्रीप्रसाद वाग्लेले कुनै पनि बालबालिका पढ्ने अधिकारबाट वञ्चित नहोस् भनेर सम्झौता गरेर पढ्न पठाएको बताए । उनले पहिलो अधिकार आमाबाबुकै भएपनि आमा जेलमा, बाबुको मृत्यु भएकोले बालगृह पठाउनु परेको बताए ।

केन्द्रका प्रमुख टंक गुरुङले बालअधिकारको पूर्ण संरक्षण हुने गरी बालकको पढाइ र पालनपोषण गर्ने प्रतिवद्दता जनाए । केन्द्रमा अहिले पनि ८१ जना बालबालिका रहेको उनले जानकारी दिए । केन्द्रमा १० जना बालबालिकाको एक जना आमाको दरले कर्मचारी व्यवस्थापन गरिएको छ ।

बागलुङ कारागारमै अर्की २ बर्षकी बालिका पनि छिन् । उनको पढाइ गर्ने समय भैनसकेकोले आमासँगै बसेकी छिन् । ढोरपाटन नगरपालिका–५ की कुमारी बिककी २ बर्षकी छोरी आइसालाई केही समयपछि मात्रै पढाउन पठाउने तयारी गरेको केसीले बताए । बिक पनि पति हत्यामा जेल परेकी हुन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->