बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

मालिका सेवा समाजको सम्मानले जेष्ठ नागरिक र अपांगमा खुशी छायो

मालिका सेवा समाजको सम्मानले जेष्ठ नागरिक र अपांगमा खुशी छायो


  • ढोरपाटन संवाददाता
  • पुष २२ २०७९, शुक्रबार

बागलुङ / मालिका सेवा समाज बागलुङले बागलुङ नगरपालिका-५ का ३७ जना जेष्ठ नागरिकलाई सम्मान र ६ जना पूर्ण अपांगलाई सहयोग गरेको छ । समाजको यो सहयोगले त्यहाँका जेष्ठ नागरिक र पूर्ण अपांगमा खुशी छाएको छ ।

जेष्ठ नागरिकको ईतिहास, उनीहरुले समाजमा पुराएको योगदानको सम्मान गर्दै उनीहरुको अनुभव सुन्नका लागि घरघरमै गएर सम्मान गरिएको समाजका अध्यक्ष जीवननाथ शर्माले वताए । समाजका पदाधिकारीहरु घरमै आएर सम्मान गर्दा जेष्ठ नागरिकले खुशी ब्यक्त गर्दै आफ्ना अनुभवहरु उत्साहका साथ बताएका थिए ।

सो अबसरमा जेष्ठ नागरिक तथा पूर्व अध्यक्ष कृष्णराज शर्माले नागरिक र अपांगलाई सम्मान कार्य अत्यन्तै राम्रो रहेको वताउदै जेष्ठ नागरिकको न्यास्रोपनमा खुशी छाएको उल्लेख गरे ।

कार्यक्रममा वडा अध्यक्ष हरिप्रसाद रेग्मीले सम्मानले समाजमा वास्तविक सेवाभाब झल्केको बताए । सो अबसरमा वडा सदस्य बलराम सापकोटा, चक्रपाणी सापकोटा, बानपा ६ का जनप्रतिनिधि कृष्ण सापकोटा, सेवा समाजका निबर्तमान अध्यक्ष दुर्गा बहादुर कुवँर, कार्यक्रम सँयोजक याम बहादुर कुवर, कोषाध्यक्ष प्रकाश केसी, टिका खड्का, पार्बती खड्का लगायतले समाजले गर्ने गतिविधीका वारेमा जानकारी गराएका थिए ।

जेष्ठ नागरिकका अनुहारमा खुशी ल्याउन समाजले महत्वपूर्ण भुमिका खेल्ने वताउदै समाजका अध्यक्ष शर्माले समाजले कल्याकारी काम गर्दै जाने वताए । वडामा बाँकी रहेका जेष्ठ नागरिक र अपांग बाहिर गएकाले उनीहरुलाई समय मिलाएर अर्काे दिन घरघरमा पुगेर सम्मान गरिने संंस्थाका सचिब खडानन्द सापकोटाले बताए ।

मालिकाबाट वसाई सरी बागलुङ बजारमा बस्नेलाई पनि सम्मान गर्ने कार्यक्रम रहेको कार्यक्रमका संयोजक याम बहादुर कुवँरले बताए । सो अवसरमा आयोजित कार्यक्रमको स्वागत उपाध्यक्ष तेजबहादुर कुवँरले गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->