बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

गण्डकी मन्त्रिपरिषद्को पहिलो निर्णयः प्रदेशका ११ जिल्लामा नै डाइलोसिस सेवा बिस्तार गर्ने

गण्डकी मन्त्रिपरिषद्को पहिलो निर्णयः प्रदेशका ११ जिल्लामा नै डाइलोसिस सेवा बिस्तार गर्ने


  • ढोरपाटन संवाददाता
  • पुष २५ २०७९, सोमबार

पोखरा / गण्डकीका नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीले पदभार सम्हालेका छन् । उनीसहित ३ मन्त्रीले शपथ ग्रहण लगत्तै पदभार ग्रहण गरेका हुन् । मुख्मन्त्री अधिकारीले आज साँझ ५ बजे सपथ लिएका थिए ।

उनले सपथ लिएसँगै एमालेकी सीता सुन्दास, माओवादीका हरिबहादुर चुमान र राप्रपाका पञ्चराम गुरूङलाई मन्त्री नियुक्त गरेका थिए । मुख्यमन्त्रीपछि उनीहरुले पनि सपथ लिए ।

यसैविच, नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेशको मन्त्रिपरिषद् बैठक सोमबार साँझ नै बसेको छ । मन्त्रिपरिषद्को पहिलो बैठकले स्वास्थ्य सेवामा ध्यान दिंदै गण्डकी प्रदेशमा डाइलोसिस सेवा बिस्तार गर्ने पहिलो निर्णय गरेको छ।

नवनियुक्त मुख्यमन्त्री खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकको निर्णय सुनाउँदै सरकारका प्रवक्ता बिनाविभागीय मन्त्री सीता सुन्दासले डायलोसिस सेवा आवश्यक पर्ने बिरामीलाई प्रदेशका ११ वटै जिल्ला अस्पतालमा डायलिसिस सेवा विस्तार गर्ने निर्णय गरेको जानकारी दिईन ।
यी हुन् निर्णय:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->