बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

चित्रादेवी पाध्याको जीवन जोगाईदिन अपिल

चित्रादेवी पाध्याको जीवन जोगाईदिन अपिल


  • ढोरपाटन संवाददाता
  • पुष ३० २०७९, शनिबार

बागलुङ/ दुवै मृगौलाले काम गर्न छोडेपछि शिक्षण अस्पताल काठमाण्डौंमा उपचार गराईरहेकी चित्रादेवी पाध्या (देवी)को उपचारमा खर्च अभाव भएको छ । बागलुङको जैमिनी नगरपालिका–१ कुश्मीशेराकी पाध्याको मृगौला प्रत्यारोपण गर्नुपर्ने भएपछि खर्च अभाव भएको भन्दै परिवारले सहयोगका लागि अपिल गरेको हो ।

मध्यम परिवारकी पाध्याको उपचारका क्रममा दश लाख बढी खर्च भैसकेको अस्पताल स्रोतले जनाएको छ । दैनिक डायलासिस गर्नुपर्ने, औषधि तथा शैयाको खर्चसमेत धान्न परिवारले नसक्ने अवस्था आएपछि सहयोगका लागि अपिल गरिएको पाध्याका श्रीमान नवराज शर्माले बताए । ज्याला मजदुरी गरेर खाने परिवारकी पाध्याको उपचारमा लाखौं खर्च हुने भएपछि सार्वजनिक रुपमा सहयोगका लागि अपिल गरिएको उनका छिमेकी देबेन्द्र केसीले बताए ।

परिवारका सदस्यले नै मृगौला दान गर्ने सम्भावना भएपनि प्रत्यारोपणका लागि लाग्ने खर्चको अभावमा पाध्याको मृगौला प्रत्यारोपण गर्न नसकिएको उनले बताए । परिवारको अपिलपछि देश विदेशमा रहेका छिमेकी तथा आफन्तले सहयोग पठाउन सुरु गरेका छन् । शुभचिन्तकको सहयोगबाट नै उनको मृगौला प्रत्यारोपण गरिने छ । तीन छोरी र एक छोरा गरी पाध्याका चार सन्तान छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->