बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

बुहारीलाई त उडाए, तर आफै अस्ताए शालिकराम आचार्य

बुहारीलाई त उडाए, तर आफै अस्ताए शालिकराम आचार्य


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७९, सोमबार

बागलुङ / काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटिआर ७२ नम्बरको विमान दुर्घटनाले धेरैको जीवन अस्ताएको छ । कतिपय यात्रुको घरमा आउने जानकारी नै थिएन भने कतिपयले साँचेका सपना छाडेर विदा भए ।

बागलुङ नगरपालिका-४ कुँडुलेका शालिकराम आचार्य पनि यसरी नै अस्ताए । उनी आफ्नी बुहारीलाई जापान पठाउन काठमाडौं गएका थिए ।

शनिबार बुहारीलाई जापान पठाएर घर फर्किन पोखराको टिकट लिएका आचार्य कहिल्यै घर नफर्किने गरी अस्ताएका छन् । ५३ वर्षीय आचार्यको विमान दुर्घटनामा मृत्यु भएपछि कुँडुले शोकमग्न भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->