बिहिबार, असोज २९ २०८३

बिहिबार, असोज २९ २०८३
  • २९ असोज २०८३ , बिहिबार
  • October 15 2026

काठमाडौंबाट आएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम

काठमाडौंबाट आएका फरेन्सिक विज्ञले थाले पोस्टमार्टमको काम


  • ढोरपाटन संवाददाता
  • माघ २ २०७९, सोमबार

पोखरा / विमान दुर्घटनामा मृत्यु भएकाहरुको शव पहिचानका लागि काठमाडौंबाट दुई जना फरेन्सिक विज्ञ पोखरा आएका छन् । त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विशेषज्ञ डा. गोपाल चौधरी र डा. समारिका दाहालले पोखरा आएर शवको परीक्षण थालेका हुन् ।

दुर्घटनामा मृत्यु भएकाको पहिचान तथा पोष्टमार्टमका लागि पोखरा र काठमाडौंका विज्ञ चिकित्सक सहितको टिम बनाइएको र टिमले काम थालेको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. भरतबहादुर खत्रीले जानकारी दिए ।

पोखरामा आफन्त भएका नागरिकको शवलाई प्रतिष्ठानमा पोष्टमार्टम गर्ने र उनीहरुलाई शव बुझाउने तथा चालक दलका सदस्य, विदेशी यात्रु र नचिनिने अवस्थामा भएका अन्य शवलाई काठमाडौं पठाउने खत्रीले वताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->