शुक्रबार, असोज ३० २०८३

शुक्रबार, असोज ३० २०८३
  • ३० असोज २०८३ , शुक्रबार
  • October 16 2026

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाई

तनहुँ जिल्ला अदालतले दियो पल शाहलाई सफाई


  • ढोरपाटन संवाददाता
  • माघ ३ २०७९, मंगलबार

दमौली / अभिनेता पूर्णविक्रम शाह (पल शाह) विरुद्धको नाबालिग बालिकालाई जबरजस्ती करणी गरेको अभियोगबाट पल शाहले सफाई पाएका छन्। जिल्ला अदालत तनहुँका न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले मंगलबार उनीमाथिको मुद्दामा प्रमाण नपुगेको भन्दै सफाइ दिएको हो ।

तर, उनी तत्काल रिहा हुने छैनन् । उनलाई जिल्ला अदालत नवलपुरले बालयौन दुरुपयोगसम्बन्धी अभियोगमा दुई वर्ष ६ महिना कैद र १० लाख क्षतिपूर्तिबापत जरिबाना तोकेको छ ।

यो सजाय काटेपछि मात्र उनी रिहा हुनेछन् । शाह हाल तनहुँ कारागारमा छन् । शाहको तर्फबाट उच्च अदालत पोखरामा पुरावेदन मुद्दा दायर भएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->