बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु

सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • माघ ४ २०७९, बुधबार

बागलुङ/ बागलुङ नगरपालिका– ८ सिगानामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । टिपर चालक मकवानपुर जिल्ला हेटौडा उपमहानगरपालिका–१४ का ४३ बर्षिय राजु मोक्तानको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक (डिएसपि) गंगा बहादुर थापाले बताए ।

बागलुङ नगरपालिका– ८ सिगानादेखि वडा नम्बर ३ काँठेखोला आउँदै गरेको बा २ क ९२५८ नम्बरको खाली टिपर आज (बुधबार) बिहान साढे ९ बजे अनियन्त्रित भइ सिगानाको शेरामा सडकबाट अन्दाजी २ सय मिटर तल खसेको थियो ।

बागलुङ–बरेङ सडक खण्ड निर्माणमा संचालन भइरहेको टिपर निर्माण सामाग्री छाडेर फर्किदै गर्दा दुर्घटना भएको बताए डिएसपि थापाले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->