बागलुङ/ बुधबार बिहान बागलुङ बजारको एक घरमा पसेको चितुवा डिभिजन वन कार्यालय बागलुङले नियन्त्रणमा लिएको छ । बागलुङ नगरपालिका–३ गुठीका रामु खड्काको घरमा पसेको चितुवालाई डिभिजन बन कार्यालय बागलुङ र प्रहरीको एक टोलिले नियन्त्रणमा लिएको हो ।
बिहान करिव ९ः३० बजेको समयमा घरको मुल गेटबाट चितुवा घरमा पसेको थियो । खड्का परिवारले चितुवालाई घरभित्रै पसेको देखेपछि प्रहरीलाई खवर गरेका थिए । प्रहरी र डिभिजन बन कार्यालयको टोलि उक्त घरमा पुग्दा चितुवा घरको एक कुनामा लुकेर बसेको अबस्थामा भेटिएको डिभिजन बन अधिकृत मुकुन्द अधिकारीले बताए ।
‘बिहान उज्यालो भएपछि जंगलबाट गाउँ पसेको चितुवाले सुरक्षित बासस्थान खाजेर घरमा पसेको अनुमान छ’ अधिकारीले भने,– ‘चितुवाले कसैलाई पनि आक्रमण गरेको छैन् ।’ डिभिजन बन कार्यालय सँग रहेको फलामको खोरमा चितुवालाई राखेर सुरक्षित तरिकाले घरबाहिर निकालिएको अधिकारीले बताए । उनका अनुसार चितुवालाई सुरक्षीत बासस्थानमा छोडिने छ ।





