बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

सुनसान ढोरपाटनको बुकी क्षेत्र

सुनसान ढोरपाटनको बुकी क्षेत्र


  • ढोरपाटन संवाददाता
  • माघ ५ २०७९, बिहिबार

बागलुङ/ छ महिनासम्म वस्तुभाउ र मानिसहरुको चहलपल हुने बुकी सुनसान भएको छ । थेगिनसक्नु चिसो बढेपछि ढोरपाटन सिकार आरक्षको माथिल्लो भाग बुकी क्षेत्र सुनसान भएको हो । बुकीकै भरमा गाईबस्तु र भेडाबाख्रा पाल्ने किसानले बुकी छोडेपछि सुनसान बनेको हो ।

बुकीमा हरियो घाँस पलाउनेदेखि नसकिने बेलासम्म यहाँका किसानले बस्तुभाउ लिएर उतै बस्छन् । जेठ पहिलो सातादेखि बुकी चढेकाहरुले छ महिना यहाँका अस्थायी टहरामा रात कटाउँछन् । घरबाट निस्कने बेला नै ६ महिनालाई पुग्ने खर्च लिएर बुकी उक्लेका किसानको खर्च सकिएसँगै चिसो बढेपछि बुकी सुनसान भएको हो ।

ढोरपाटन घट्टेचौरका पशुपालक कृषक भीमबहादुर विकका अनुसार बुकीका गोठाला, गाईबस्तु र भेडाबाख्रा बेसी झरेका छन् । ‘बुकी भएपछि हतपत तल झर्ने कुरा हुँदैन, बन्दोबस्ती सबै गरेर जानुपर्छ’ उनले भने– ‘चिसो बढेपछि गोठ लिएर बेसी झर्नै पर्छ ।’

बर्खा यामका छ महिना कुनै आकस्मिक समस्या र बिरामी परे मात्रै साथी गोठालाहरुलाई आफ्नो पशु हेर्ने जिम्मेवारी दिएर गाउँ फर्कने विकले बताए । छ महिनाको अवधिमा हुने पशुजन्य उत्पादन दुधलाई घ्यु तथा मासुलाई सुकुटी बनाउने गरिएको उनले बताए । यहाँका किसानको आम्दानीको मुख्य स्रोत पशुधन हो । बुकी क्षेत्रमा जन्मने पाडा÷बाच्छा तथा पाठापाठी गाउँ फर्कने बेलामा हुर्किसकेका हुन्छन् ।
हरियो घाँस सकिँदै जाने र जाडो सुरु भए पछि सबै वस्तुभाउ लिएर ढोरपाटन उपत्यका गर्ने ढोरपाटन पाखाथरका पशुपालक कृषक डिल्ली भण्डारीले बताए । जाडो सुरु भएपछि गोठालाहरुको घुम्ती बसाई गाउँमा झरेको छ । गर्मी महिनामा बुकी, मध्यम मौसषमा ढोरपाटन उपत्यका र जाडो मौसषमा बोबाङका गाउँ क्षेत्रमा गोठालाहरु वस्तुभाउसहित आउने र जाने गर्छन् ।

गर्मी महिनामा गाउँ छोडेर बुकी र ढोरपाटन गएका गोठाला सम्पत्ति लिएर अधिकारीचौर बोवाङ, निसी, देवीस्थान, बुर्तिवाङ झरेपछि गाउँमा पहलपहल बढेको छ । बुकी र ढोरपाटन क्षेत्र सुनसान भएको ढोरपाटन नगरपालिका–९ का वडाध्यक्ष खिमबहादुर घर्ती मगरले जानकारी दिए । पहिले बुकी चरणमा जाने गोठालाहरुले वडा कार्यालयलाई तिरो दिने चलन थियो । वडाध्यक्ष घर्तीका अनुसार कृषकहरुले एउटा गाईभैँसीको पचास र एउटा भेडा बाख्राको पाँच रुपैयाँ लिने गरिएको थियो । आफु वडाध्यक्ष निर्वाचित भएपछि कृषकलाई चरण क्षेत्रको तिरो लिन छोडेको उनले बताए ।

ढोरपाटन क्षेत्रमा विद्यार्थीका अभिभावक, शिक्षक कर्मचारी र सो क्षेत्रमा अन्य कुनै व्यापार व्यवसाय सञ्चालन गरेर बस्नेबाहेक कृषक र पशुपालन क्षेत्रमा आबद्ध स्थानीय तल्लो क्षेत्रमा झरेका छन् । हिउँदको बाली लगाउन गाई, भैंसी, भेडा लिएर तल झरेका किसान बैशाखमा फेरि बुकी जान्छन् ।

बुकीबाट झरेका बस्तुभाउलाई गोठालाहरुले मलको लागि बारीमै छोड्न गर्छन् । मल पुगेपछि खनजोत गरेर हिउँदे बाली लगाउने गरेको वडाध्यक्ष घर्तीले बताए । मकै छरेर पछि बैशाख १५ देखि ढोरपाटन क्षेत्रमा उक्लने ढोरवासी जेठ १ गतेदेखि ढोरपाटनको बुकी क्षेत्रमा पशुचौपाय लिएर जाने गरेको स्थानीय श्यामकुमार विकको भनाई छ ।

गाउँ क्षेत्र, ढोरपाटन क्षेत्र र बुकी क्षेत्र गरी तीन क्षेत्रमा गोठालाहरुले बर्ष गुजार्छन् । दिउँदमा हिमपात, हुने जाडो बढन् भएकाले जाडो छल्न बेसी झरेको कृषक भिमबहादुर विकको भनाई छ । ढोरपाटन नगरपालिका ६, ७, ८ र ९ नम्बर वडाका स्थानीयको मुख्य आयस्रोत आलु खेती र पशुजन्य उत्पादन हो । ढोरपाटन उपत्यकामा पनि चिढो बढ्दै गए पछि केही स्थानीयहरु जाडो छल्न गाउँ तथा सहरी क्षेत्रमा झर्न थालेका छन् ।

उपत्यकामा रहेको आफ्नो घर, अन्नवाली तथा फलफूलको हेरचार गर्न चौकीनीलाई जिम्मेवारी दिएर अन्य जान्छन । चौकीनीहरुले घरधनीको अन्नवाली, पशुचौपया तथा स्याखेतीको रेखदेख गर्छन । रेखदेख गरेबापत नगद तथा अन्न पाउने खाल्टे खुल्टेकी चौकीनी विष्णुमति विकले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->