बागलुङ / बागलुङ बहिरा संघकोे अध्यक्षमा सन्तोष पौडेल चयन भएका छन् । आईतवार समपन्न संघको २२ औं बार्षिक साघारण सभा तथा नवौं अधिवेशनबाट अध्यक्षमा पौडेल र सचिवमा बासु थकाली चयन भएका हुन् ।
संघको उपध्यक्षमा सुनिता शर्मा, सचिवमा बासु थकाली, सहसचिवमा गोपाल गिरि, कोषाध्यक्षमा टेक नारायण आचार्य र सदस्यहरुमा सगर पौडेल, स्वस्तिका क्षेत्री, पुर्णकलि परियार र लिला बल्लभ सापकोटा सर्वसम्मत रुपमा चयन भएका छन् ।
२२औं साधारणसभाको उद्घाटन गण्डकी प्रदेशसभाका सदस्य गोविन्द नेपालीले गरेका थिए ।

नल बहादुर थापाको सभापतित्वमा भएको कार्यक्रममा राष्ट्रिय बहिरा महासंघ नेपालका अध्यक्ष केपी अधिकारी, समाजसेवी केबी रानामगर, कालिका भगवती गुठीका अध्यक्ष कुमार खड्का, प्रधानाध्यापक रेशम श्रीस, सरस्वती रेग्मी, सन्तोष पौडेल, बसन्तजंग राजभण्डारीले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा स्वागत उपाध्यक्ष अमृत शर्मा र सञ्चालन सचिव सुनिता शर्माले गरेका थिए ।






