शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण

गण्डकीका कानूनमन्त्री गाहामगरले गरे पदभार ग्रहण


  • ढोरपाटन संवाददाता
  • माघ १२ २०७९, बिहिबार

पोखरा/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशन गाहामगरले पदभार ग्रहण गरेका छन् ।

गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानूनमन्त्रीमा मंगबार नियुक्त भएका गाहामगरले बुधबार पदभार ग्रहण गरेका हुन् । मन्त्रीगाहामगरले पदभार ग्रहण गर्दै मन्त्रालयको कार्यक्षेत्र भित्र पर्ने शान्ति सुरक्षा, प्रहरी प्रशासन, विपद् व्यवस्थापन, कारागार व्यवस्थापन, प्रदेश अनुसन्धान ब्यूरोलगायतका कार्य जिम्मेवारसँग सम्बन्धित विषयमा आवश्यक कानून, कार्यविधि, निर्देशिका आदिको पहिचान गरि मस्यौदा तर्जुमा प्रक्रियालाई अगाडी बढाउने निर्णय गरे ।

मन्त्री गाहामगरले पदभार ग्रहणसँगै मन्त्रायल परिसरमा वृक्षारोपण र गण्डकी प्रदेशका सुरक्षा निकायका प्रमुखहरुसँग भेटघाटसमेत गर्नुभएको थियो ।
पुस २५ गते गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका खगराज अधिकारीले हिजो (मंगलबार) मन्त्रालयलाई पूर्णता दिएका दिनुभएको थियो ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->